विद्युत्का घुस्याहा फोरम्यान धरौटीमा रिहा

३० जेष्ठ २०७०, बिहीबार ०८:०७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३० जेठ । घुस लिँदालिँदै पक्राउ परेका नेपाल विद्युत प्राधिकरण परासी शाखाका फोरम्यान पदमा कार्यरत महेन्द्र सहानीलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले धरौटीमा छाडेको छ । जिल्लाको तिलकपुरस्थित जनशक्ति प्रा.वि.मा विद्युत विस्तारका लागि सहनीले ३५ हजार रुपैयाँ घुस मागेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय गुप्ताले नेकपा माओवादी मातृका यादवका कार्यकर्ताहरुको सहयोगमा उनलाई रकम सहित रंगेहात पक्राउ गरेका थिए । गत शुक्रवार ३५ हजार रकमसहित रंगेहात पक्राउ परेका सहनीलाई जिल्ला प्रशासन कार्यालयले बिगोबरावरको दोब्बर धरौटी लिई ६४ हजार जमानतमा तारेखमा छाडेको हो ।
विद्युत विस्तारका लागि विगत आठ वर्ष पहिले विद्यालयमा पोल गाडिएपनि विद्युत विस्तार हुन सकेको थिएन । पटक–पटक विद्युत विस्तार गर्न प्राधिकरणसँग अनुरोध गर ेपनि विद्युत विस्तार नभएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुप्ताले सहनीलाई रकमको प्रलोभन देखाएका थिए । हाकिमले रकम मागेको र रकम दिए विद्युत उपलव्ध गराउने भन्दै सहानीले सहमती जनाएपछि व्यवस्थापन समितिका अध्यक्ष गुप्ताले मातृका यादवका कार्यकर्ताको सहयोग मागेका थिए । मातृका यादवका कार्यकर्ताले घुस दिने नगदको गड्डी लिएर प्रशासन कार्यालय पुगेका थिए । घुस दिने रकममा प्रशासनका कर्मचारीहरुले संकेत चिन्ह लगाएका थिए, त्यसैका आधारमा पहिचान गरी सहनीलाई रंगेहात पक्राउ गरिएको थियो । सहानीले ४० हजार मागे पनि ३५ हजार दिनेमा सहमति भएको अध्यक्ष गुप्ताले बताए ।
यसअघि गत आईतवार विद्युत कार्यालयका फोरमम्यान पदमा कार्यरत सहानीले देवगाव गाविस वडानं ९ मा विद्युत विस्तारका लागि प्रतेक घरबाट दुई हजारदेखि चार हजार रुपैयाँ माग गरेको भन्दै गाउंलेले कारबाहीको माग गर्दै विद्युत कार्यालय घेराउ गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र