दुई कार्यालयमा करोडौँ बेरुजु

३० जेष्ठ २०७०, बिहीबार ०७:५९ मा प्रकाशित

विष्णु सुब्बा, दमक, ३० जेठ । झापाका दुई सरकारी कार्यालयको बेरुजु तीन करोड रुपैयाँभन्दा बढी पुगेको छ । जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयको अहिलेसम्मको बेरुजु सबैभन्दा उच्च रहेको छ । स्रोतका अनुसार जिल्ला प्राविधिकको दुई करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ भने जिविसको मात्र करिब डेढ करोडभन्दा बढी बेरुजु रहेको छ ।
‘यो दर उच्च हो,’ स्थानीय विकास अधिकारी लालमणि ओझाले भने, ‘बेरुजुको यो अवस्था हटाउन पहल थालेका छौँ ।’ ०३९ सालदेखिका जिविसका बेरुजुको फस्र्योट हुन सकेको छैन । त्यसताका यता विभिन्न समयमा बेरुजुको अवस्था बढेको पाइएको छ । जिविसबाट रकम निकासा गरी मापदण्डविपरीत खर्च गर्ने कार्य बढेपछि बेरुजु हुन नदिन जिविसले अधिकांश योजनाका काम गर्न अग्रिम पेस्की रकम दिनमा रोक लगाइएको उनले जानकारी दिए ।
‘यसले बेरुजुको यस्तो उच्च दर नियन्त्रण हुनेछ,’ स्थानीय विकास अधिकारी ओझाले थपे, ‘जिविसको बेरुजु फस्र्योटका लागि आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।’ सरकारी रकम दुरुपयोग रोक्न यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
बेरुजुमा राजनीतिक दलका कार्यकर्ताको विभिन्न सङ्घसंस्थाहरू समावेश रहेका छन् । जिविसमा मात्र यो सङ्ख्या सय बढीको हाराहारीमा रहेका स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘लामो समयदेखि बेरुजु रहेकाले यो समस्या बढेको हो ।’
यता जिल्ला प्राविधिक कार्यालयको अहिलेसम्म दुई करोडभन्दा बढी बेरुजुको परिणाम देखापरेको छ । कार्यालयले विभिन्न समयमा जिल्लाभित्रका विकास योजनाहरू सञ्चालन गर्दा अहिलेसम्म दुई करोड रुपैयाँ बेरुजु आएको हो । सो कार्यालले बेरुजु फस्र्योट गर्न आवश्यक पहल गरे पनि प्रभावकारी नभएको कार्यालय स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘बेरुजु फस्र्योट गर्न थाले पनि मुलुकको सङ्क्रमणकालका कारण त्यो कामले मूर्तरूप लिन सकेको छैन ।’
जिल्लाका अन्य सरकारी कार्यालयभन्दा ती दुई कार्यालयमा जनताको प्रत्यक्ष सहभागिता हुने हुँदा विकास योजनामा वर्षौंदेखिको यस्तो बेरुजु अवस्था बढी रहेको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।