बालश्रमिक चर्को यौनशोषणमा

३० जेष्ठ २०७०, बिहीबार ०७:३४ मा प्रकाशित

रासस, काठमाडौं, ३० जेठ । घरेलु बाल श्रमिकमध्ये करिब ९० प्रतिशत श्रमिक यौनशोषणमा पर्ने गरेका छन् । समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिबिस) द्वारा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘काठमाडौँ उपत्यकामा घरेलु श्रमिकको अवस्था–२०१३’ प्रतिवेदनमा बालश्रमिकमध्ये करिब ९३ प्रतिशत विभिन्न नाता लगाएर रोजगारदातासँगै बस्ने गरेका कारण पनि यौनशोषणमा पर्ने गरेको उल्लेख छ ।
सिबिसद्वारा सञ्चालित बाल हेल्पलाइनमा प्राप्त हुने उजुरीहरुमध्ये विशेषगरी यौनशोषणमा पर्ने गरेका घटना बढी हुने गरेका छन् । सिबिसले उपत्यकामा विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरी बालश्रमिकलाई बालचौतारीमा भेला गराएको थियो । भेलामा सहभागी ३४७ बालश्रमिकमाथि अध्ययन गरिएको थियो । सोही अध्ययनअनुसार पारिवारिक पुनःस्थापना रोज्ने १५१ बालबालिकालाई परिवारमा नै पुनर्मिलन गराइएको थियो ।
अध्ययनमा नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली, दोलखा, सर्लाही, काभ्रे, चितवन, गोरखा र दाङका बालश्रमिकलाई समावेश गराइएको थियो । उपत्यकामा प्रत्येक सात घरमध्ये एक घरमा बालश्रमिक रहेका छन् । बालश्रमिकमध्ये ५८ प्रतिशत आर्थिक गरिबीका कारण उपत्यका छिरेका थिए भने करिब १८ प्रतिशत पढ्न पाइने आशामा बालश्रमिक बस्न पुगेको अध्ययन टोलीका अधिकृत विष्णु तिमल्सिना बताए ।
सन् २००९ मा सिबिसले गरेको अध्ययनमा नेपालमा करिब ५६ हजार बालश्रमिक रहेका छन् भने उपत्यकामा मात्रै ५० प्रतिशत रहेका छन् । हाल बालश्रमिकबारे विस्तृत अध्ययन नगरिएको सिबिसका अध्यक्ष विमला ज्ञवालीले जानकारी दिए । बालश्रमिक बस्नेमा विशेषगरी १० देखि १४ वर्ष उमेर समूहका रहेका छन्, तीमध्ये करिब ६८ प्रतिशत बालिका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट