बाँध निर्माणमा ढिलासुस्ती भएको सरोकारवालाको गुनासो

३० जेष्ठ २०७०, बिहीबार ०७:३० मा प्रकाशित

आरपी उपाध्याय, नवलपरासी, ३० जेठ । नवलपरासी पकलिहवा गाविसमा आयोजित एक कार्यक्रममा वक्ताहरूले सीमाक्षेत्रमा हुने अनियमितता रोक्न स्थानीय प्रशासन उदासीन रहेको आरोप लगाएका छन् । पकलिहवा गाविसको आयोजनामा सञ्चालित गाविसस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने वक्ताहरूले नारायणी नदीले भत्काएको ‘बी’ ग्याप बाँधको नोज निर्माणकार्यमा भएको ढिलासुस्ती र अनियमितता बढेकोप्रति चिन्ता व्यक्त गर्दै भारतीय पक्षबाट भएको निर्माण कार्यमा नेपाली प्राविधिक टोलीले संयुक्त रूपमा अनुगमन गर्नुपर्ने सुझाव दिए ।
पकलिहवा गाविस सचिव नवीन पन्थीको अध्यक्षतामा सम्पन्न सुनुवाइ कार्यक्रममा नेपाल प्रेस युनियनका अजय चौहान, निवर्तमान गाविसअध्यक्ष कृष्णानन्द चौधरी, उपाध्यक्ष दिनेश यादव, इन्द्रेणी सामाजिक मञ्चका श्याम बुचामगर, केबी थापामगर, केदारप्रसाद कुर्मी, भागीरथी पाल, रामकिसुन हरिजन, स्थानीय प्रहरीचौकी प्रमुख मीनबहादुर आले, स्थानीय स्वास्थ्यकर्मी राजकिशोर मण्डललगायतले राज्यबाट पुर्‍याइएको सेवा–सुविधा लक्षित वर्गसम्म समयमै आउनुपर्ने विचार राखेका थिए । जिल्ला विकास समिति नवलपरासीले जिल्लाअन्तर्गतका सबै गाविस र नगरपालिकामा क्रमिक रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने निर्देशनअनुसार गाविसहरूले गाविसबाट पुर्‍याइएको सेवासुविधाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै आएको छ ।
यसअघि सीमावर्ती त्रिवेणी सुस्ता गाविसले पनि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवा प्रदाय र सेवाग्राहीबीच प्रत्यक्ष अन्तरक्रिया र प्रश्नोत्तर भएको गाविससचिव गोपालप्रसाद भट्टराईले जानकारी दिए । कार्यक्रममा नेपाल सरकारको स्थानीय सरकारी कार्यालयका प्रमुख, सङ्घसंस्था र राजनीतिक दलको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री