संसारकै जेठा व्यक्तिको मृत्यु

२९ जेष्ठ २०७०, बुधबार २१:२९ मा प्रकाशित

एजेन्सी । संसारका सबभन्दा जेठा व्यक्तिको निधन भएको छ । जापानका जिरोमोन किमुराको ११६ वर्षको उमेरमा बुधबार (१२ जुन)का दिन निधन भएको हो । उनी अन्तिम अवस्थासम्म पूर्ण स्वस्थ रहेको र प्राकृतिक रुपमा निधन भएको जापान सरकारले एक प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।
किमुरालाई गत वर्ष मात्र संसारका सबभन्दा जीवित वृद्ध व्यक्तिका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गरिएको थियो । किमुराका सात छोराछोरी, १४ नातिनातिना, २५ पनाती–पनातिनी र १३ जनाति–जनातिनीहरु छन् ।
सरकारी हुलाकको जागिरबाट सेवा निवृत्त भइसकेपछि पनि ९० वर्षको उमेरसम्म किमुरा खेतीपातीको काममा सक्रिय रहेका थिए । उनको लामो जीवनको राज हल्का आहार मुख्य रहेको बताइएको छ । स्मरण रहोस्, किमुराको निधनपछि जापानकै ११५ वर्षिया मिसाको ओकावा संसारकै सबभन्दा ज्यादा उमेरकी जीवित व्यक्ति बन्नेछिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

सिड्नी । अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको