‘राती बसौं न’ पनि भन्छन्

२९ जेष्ठ २०७०, बुधबार ११:५९ मा प्रकाशित

सोनिया शर्मा । काम थोरै तर चर्चा धेरै । एउटै चलचित्र एटीएमबाट चर्चामा आएकी सोनिया तस्बिर पनि निकै हट खिच्छिन् । अहिले केही चलचित्र र म्युजिक भिडियोमा काम गरिरहेकी सोनियालाई यो हप्ता एक कार्यक्रममा भेटियो । निकै ग्ल्यामर्स देखिएकी थिइन् उनी ।
० तस्बिर त निकै हट खिचिएको रहेछ नि ?
– तस्बिर मात्र त्यस्तो हो । म त्यस्ती त छैन नि ।
० यस्तो तस्बिर खिच्नलाई कसरी आउँछ नि जोस ?
– जोस होइन, यो त समयको माग हो ।
० समयले मागेको हो कि फोटोग्राफरले ?
– फोटोग्राफरले माग्ने होइन, समयले नै मागेको हो । यस्तो खालको खिच्नुपर्‍यो भनेपछि उहाँहरूले खिच्ने हो । पोज, स्टाइल अनि कति खुल्ने भन्ने कुरा त हामीमा भर पर्छ नि ।
० तस्बिर हेर्दा र बाहिर देख्दा झुक्किएका छन् मानिस ?
– किन नझुक्किनु नि, मलाई बाहिर देख्नेहरूले त चिन्दै चिन्दैनन् । ए हो र भन्छन् ।
० तस्बिरको भरमा घुम्न जाने र आँखा लगाउनेहरू कत्तिको छन् नि ?
– कुरै नगर्नुस् । गलत सोचले घुम्न जाउँ अनि नाइट बसौँ भन्नेहरू त कति–कति । तस्बिरको भरमा ज्यान दिन्छु भन्नेहरूको सङ्ख्या धेरै छ ।
० उसो भए एउटा राम्रो केटा च्यापेर घरजम गरे भैगो नि त ?
– अहिले नै त्यतातिर सोचिएको छैन । एक दिन त्यो गर्ने दिन पनि आइहाल्छ नि ।
० चलचित्र एटीएम त प्रतिबन्ध भयो नि कस्तो लागिरहेछ ?
– साह्रै दु:ख । निकै मिहिनेत गरिएको थियो तर बजारमा आउन पाएन ।
० फिल्म त भयङ्करै अश्लील र छाडा थियो भन्छन् नि ?
– बजारमा हल्ला भएजस्तोचाहिँ थिएन । यो फिल्मबारे हल्ला अलि बढी नै
भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको