बेलायती प्रधानमन्त्री क्यामरुनलाई ज्ञापनपत्र बुझाउने गोर्खाको तयारी

२५ चैत्र २०६८, शनिबार १९:५७ मा प्रकाशित

धर्मराज अधिकारी, लण्डन  २५ चैत्र ।  बेलायती सेनामा कार्यरत पूर्व गोर्खा आर्मीहरुले आफुहरुमाथि मानव अधिकार उल्लंघन भएको बताउँदै अप्रिल २४ मा प्रधानमन्त्री डेबिड क्यामरुनलाई भेट्ने भएका छन् । अप्रिल २४ गोर्खा सैनिकका लागि पिडादायी दिन भएको स्मरणमा विरोध स्वरुप प्रधानमन्त्री क्यामरुनलाई उनीहरुले भेट्ने भएका हुन् । प्लमस्टिडस्थित समाजसेवी कृष्ण आलेको निवासमा शुक्रबार भेला भएका गोर्खाहरुले १० डाउनीङ स्ट्रिटमा २४ अप्रिलको १२ बजे नै भेला भई क्यारुमनलाई ज्ञापनपत्र समेत बुझाउने जानकारी दिए ।
ज्ञापनपत्रमा रिडन्डेन्सीमा परेकाहरुलाई पेन्सन दिनुपर्ने, नेपाली संस्कार अनुसार १८ वर्ष उमेर नाघेका छोराछोरीहरुलाई बेलायत आउने वातावरण बनाउनुपर्ने र समान पेन्सनको मागलाई उठाइने आन्दोलनको अगुवाई गरीरहेकी मानवअधिकारकर्मी बबी वासले बताइन् । बेलायती सरकारले गोर्खाहरुमाथि ठुलो विभेद गरेको बताउँदै उनले त्यसका विरुद्ध आन्दोलनलाई सशक्त बनाइने समेत जानकारी दिइन् ।

 

शरणार्थीका छोराछोरीहरुलाई बेलायत ल्याउँदा कुनै कठिनाई नहुने तर बेलायती साम्राज्यको लागि लडिरहेका गोर्खाहरुको परिवार छुट्याएर राख्ने बेलायती विभेदकारी नीति मानवअधिकार विरोधी भएको उनीहरुले गुनासो गरे । सेनामा प्रवेश गर्दा खाएको कसमले पनि आफुहरु बेलायती सेना भएकोले सो सरह नै व्यवहार गर्न उनीहरुले आग्रह गरे । कैयौं गोर्खाहरुलाई लडाईका क्रममा घाइते भएपछि खाली खुट्टा नेपाल फर्काएकोमा उनीहरुले आक्रोश पोखेका थिए । यस्तै चपेटामा परेका फष्ट १० जीआरका दिल बहादुर थापा एम एमले आफुलाई बेलायती सरकारले तुच्छ व्यवहार गरेको बताए ।

 

छोराछोरी साथमा नहुँदा भाषाको समस्याका कारण औषधोउपचारमा कठिनाई भएकोले आफूहरुलाई ठुलो समस्या परेको उनीहरुले जनाए । बृद्ध गोर्खाहरुले दुखेसो पोख्दै भने कैयौं साथीहरुले औषधी खानै नजानेर पनि समस्या झेलीरहेको छन् ।

 

बबी वासन हयुमन राइट्स गोर्खा प्रोजेक्टका अध्यक्ष हर्क बहादुर थापाले बेलायतको विभेदकारी नीतिको विरोधमा उत्रनुपर्नेमा जोड दिए । यो आन्दोलन गोर्खालीहरुको हितमा केन्द्रित भएकोले सबैलाई आ-आफ्नो स्वार्थ त्यागी सहभागिता जनाउन उनले आव्हान गरे । मानवअधिकारवादी यस आन्दोलनमा गोर्खालीहरुको सहभागिता जुटाउन गोर्खा प्रोजेक्टले यसअघि हन्स्लो स्विन्डन अल्डरसोट लगायतका स्थानमा गोर्खा परिवारसंग छलफल गरीसकेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लस-एन्जलस । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस् काउन्टीमा अवस्थित पशुपतिनाथ बुद्ध मन्दिरको व्यवस्थापन, एवम् विभिन्न सांस्कृतिक, धार्मिक कार्यक्रमहरु सम्पन्न

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट