तराईवासीले यसरी गरे पूर्वराजाको स्वागत

२९ जेष्ठ २०७०, बुधबार ११:१२ मा प्रकाशित

काठमाडौं, २९ जेठ । गत शुक्रबारदेखि पूर्वाञ्चलको भ्रमण सुरु गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ शिवसेना नेपालले २ सय सुरक्षा दस्ता परिचालित गरेको छ । सरकारले प्रदान गरेको सुरक्षा व्यवस्था अविश्वसनीय भएको भन्दै पूर्वराजाका अनुयायीहरुले यस्तो व्यवस्था गरेको बुझिएको छ । 
पूर्वराजा शाह मंगलबार सिरहा पुगेका छन् । सडकमा पूर्वराजाको स्वागत को लागि मानिसको ओहिरो नै लागेको बताइएको छ । सिरहामा उनले लहानको दुर्गा मन्दिर, ढोरना गाविसस्थित राजदेवी मन्दिर र सदरमुकाम राजविराजस्थित रामजानकी मन्दिरमा पूजाआजा गरे भने दूर्गा मन्दिर दर्शनको क्रममा उनले एक लाख रुपैयाँ दान सहयोग समेत प्रदान गरेका थिए । राजविराज भारदहको कंकालिनी मन्दिरलाई पनि उनले दर्शनका क्रममा २ लाख रुपैयाँ सहयोग गरेका छन् । तराईको दुई हप्ते भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रले मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहा जिल्लामा रहेका शक्तिपीठहरूमा पूजापाठ गर्ने कार्यक्रम रहेको बताइएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको तराई भ्रमणमा अनुमान गरिएभन्दा बढी सर्वसाधारणले उत्साहजनक सहभागिता जनाएको पाइएको छ । उनको स्वागतका लागि बाटोबाटोमा मानिस लामबद्ध भई उभिएका थिए । तराईको गर्मीमा पथलैयाका जनताले बाटोमा रोकेर स्वागत–सत्कार गर्दै जयजयकार गरेका थिए भने बर्दिबासमा उनलाई रोकी स्थानीय मन्दिरमा सञ्चालन भइरहेको सप्ताहमा लगी फूलमाला पहिर्यादएर दर्शन गराएका थिए ।
प्राप्त जानकारीअनुसार, रूपनी र मिर्चैयाका सर्वसाधारणले ‘सरकार हाम्रो गाउँगाउँमा आइदिनुपर्यो्’ भन्दै अनुरोध गरेका थिए । यसरी स्वागत ग्रहण गर्दै सप्तरीको राजविराज पुगेका पूर्वराजामाथि केही विद्यार्थीले ढुङ्गा प्रहार गर्ने कोसिस पनि गरेका थिए । हातमा चप्पलसमेत बोकेका ती विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
राजविराजमा सर्वसाधारणको भीडका कारण आफू बसेको होटल पुग्न पूर्वराजाले पैदल हिँड्नुपरेको थियो । राजाका समर्थकले राजा र राजसंस्थाको पक्षमा विभिन्न नारासमेत लगाएका थिए । भ्रमणलाई शान्तिपूर्ण बनाउनका लागि आफ्ना समर्थकले सकेसम्म नाराचाहिँ नलगाइदिए हुन्थ्यो भन्ने उनको चाहना रहेको निकटवर्तीले बताए । सप्तरीमा समर्थकले बनाएको गेट विरोधीहरूले भत्काइदिएका कारण दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो । विरोधी समूहको नेतृत्व नेपाल विद्यार्थी सङ्घका केही विद्यार्थीले गरेको र तिनलाई एमाले, फोरम, एमाओवादीलगायत दलका विद्यार्थी सङ्गठनहरूले साथ दिएको बुझिएको छ । पूर्वराजाप्रति सर्वसाधारणले देखाएको चासो, उत्सुकता र भेटघाटका लागि उर्लिएको भीड देखेर तर्सिएकाले विरोधका लागि विद्यार्थी सङ्गठनहरूलाई प्रयोग गरेको आरोप सर्वसाधारणले लगाएका छन् । एउटा नागरिकको रूपमा पूर्वराजाले आफ्नो मुलुकको कुनै पनि भूभागमा निर्धक्क हिँड्न पाउनुपर्ने उनीहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

‘प्रथम छहरे (लिखु) महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टर मार्फत पुष्पगुञ्जा अर्पण गरिंदै । महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली