बुद्द सन्देशसहि विश्व शान्ति यात्रामा हिँडेका तिन नेपाली नागोयामा सम्मानित

२९ जेष्ठ २०७०, बुधबार १०:३५ मा प्रकाशित

सन्देश पोखरेल, नागोया, जापान । बुद्द नेपालमा जन्मेका हुन भन्ने सन्देशसहित विश्व शान्ति यात्रामा निस्किएका ३ जना यात्रीहरुलाई मंगलबार नागोयामा स्वागत एबम् सम्मान गरिएको छ । ‘वल्ड पिस टुर, पीस इन वर्ल्ड’ भन्ने नाराका साथ वुद्धको मूर्तिसहित जापान आएका क्याराभान ब्रोकाष्टिङका सदस्यहरु म्याग्दीका बिनोद शर्मा, चितवनका सरोज अर्याल र हंगकंगबाट यात्रामा संलग्न भएका बध्यवादक हरि श्रेष्ठलाइ नागोयाको नोनामीस्थित तोकुरिन्जु जिनज्यामा एनआरएन जापान तोकाईहोकुरिकुले एक कार्यक्रमको आयोजना गरि स्वागत एबम सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

एनआरएन जापान तोकाई होकुरिकुका सल्लाहकार मोहन खत्रीले यात्रीहरुलाई खादा ओढाई स्वागत एबम यात्राको पूर्ण सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष डिलाराम खरेल, सदस्य केशर गिरि, सल्लाहकार पारसमणि पोखरेल, लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा यात्राको सफलताको शुभकामना दिँदै सहयोग स्वरूप २० हजार जापानिज येन प्रदान गरिएको थियो । कार्यक्रम सँस्थाका कार्यबाहक संयोजक बिष्णुप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

शान्ति यात्राका यात्री मध्येका एक सरोज अर्यालले आफुहरुले यात्रा गर्ने देशहरुमा सकेसम्म पिस मार्च गर्ने लक्ष्य राखिएको र त्यसमा पनि जापानिजहरु माझ अझ बिशेष रुपले पिस मार्च गर्न चाहेको बताए । जापानस्थित विभिन्न संघसँस्थाले सहयोग गरेता पनि पिस मार्च गर्ने उदेश्य पुरा हुन नसकेकोले आफुहरु १४ तारिकसम्म जापान रहने हुनाले अझै सकिन्छ भने पिस मार्चको व्यवस्थापन गरिदिन यहाँका संघ सँस्थालाई अनुरोध गरेका छन् । नेपालबाट आउने नेताहरुलाई स्वागत र सत्कार गर्न अग्रसर हुने नेपाली दुतावासले शान्ति यात्रीहरुलाई बेवास्ता गरेको गुनासो सुनाएका छन् ।

उनीहरुका अनुसार अन्य देश्हरुमा त्यहाँस्थित नेपाली दुतावास आफै अग्रसरता लिई कार्यक्रम गर्ने हाम्रो भिसाको प्रक्रियालाइ सहज बनाइदिने अझ हंङकंङमा त दुतावासले भिसाको लाग्ने शुल्क समेत सहयोग गरेको सुनाउँदै जापानस्थित नेपाली व्दुतावासले कुनै वास्ता नगरेको गुनासो गरेका छन् । उक्त यात्राको लागि हंगकंगस्थित त्यहाको एनआरएन र बुद्द आमा समूहले आफुहरुको टिकट खर्च सहयोग गरेको सुनाउँदै जापानमा पनि विभिन्न सँस्थाहरुले सहयोग गर्ने क्रमसंगै एन आर एन जापानले पनि कोरियासम्मको टिकटको व्यवस्था गरिदिने अवाश्वसन पाएको बताएका छन् । यात्रीहरु १५ तारिक कोरिया हुँदै अष्टेलिया जाने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको