चिनीयाँ कम्पनीहरुसँग कारोबार नगर्ने बैंकर एसोसियसनको निर्णय

२९ जेष्ठ २०७०, बुधबार ०८:१७ मा प्रकाशित

काठमाडौं, २९ जेठ । मेलम्ची खानेपानी विकास समिति, ठेकेदार कम्पनी चाइना रेलवे १५ र चाइना कन्सट्रक्सन बैंकसँग देशभरका वाणिज्य बैंकले कुनै काम नगर्ने सहमति गरेका छन् । चाइनिज ठेकेदार कम्पनीको लापरबाहीका कारण ठेक्का रद्द गरेको समितिले यस विषयमा चीनमा मुद्दा परेपछि पनि रोकिएको ग्यारेन्टीको रकम असुल गर्न सहयोग नगरेका कारण उल्लेखित संस्थाहरुसँग कारोबार नगर्ने निर्णय बैंकरले गरेका हुन् । मेलम्ची ठेक्कामा कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीका रूपमा हिमालयन र बैंक अफ काठमाडौं बसेका थिए ।
बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीका अनुसार रकम उपलब्ध गराउनुको सट्टा मुद्दा हालेर बस्दा पनि सरकारले कुनै कदम नचालेपछि पछि पनि यस्तै घटनाको पुनरावृत्ति हुने डरले बैंकरहरुले ती कम्पनीहरुसँग कारोबार नै नगर्ने निर्णय गर्नुपरेको हो । चीनबाट रकम ल्याउन नसके अन्य योजनामा पनि यस्ता घटना दाहोरिन सक्ने सम्भावना बढ्ने अध्यक्ष भण्डारीको कथन छ ।
चिनियाँ पक्षले सरकारलाई आरोप लगाइरहे पनि सरकारले खण्डन नगरेको र रकम ल्याउन कुनै पहल नगरेको उनको गुनासो छ ।
स्मरण रहोस्, मेलम्चीको ठेक्का पाएको चाइना रेलवे १५ ले काम पूरा गर्न नसकेपछि ग्यारेन्टीबापतको रकम फिर्ता ल्याउन समस्या भइरहेको छ । ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन बैंकले रकम नदिई उल्टै मुद्दा हालेर समस्या बढाएको बैंकरहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले