ठमेल मलको पार्किङस्थलबाट चरेसको कारोबार

२९ जेष्ठ २०७०, बुधबार ०७:४६ मा प्रकाशित

काठमाडौं, २९ जेठ । ठमेल मलको पार्किङस्थलमा बसेर लागुऔषध चरेरको कारोबार गर्दैआएका नुवाकोटका गोपाल पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल पार्किङको बहानामा आउने ग्राहकलाई कागजमा चरेस पोको पारेर पार्किङको चिट दिएको बहानामा पण्डितले चरेस बेच्ने गरेको सूचना पाएपछि प्रहरीले पार्किङको बहाना बनाएर उनलाई नियन्त्रणमा लिएको हो । ४२ वर्षीय पण्डितलाई अढाई किलो चरेससाथ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नुवाकोट शिखरबेंसीका पण्डितले टोखास्थित डेरामा चरेस संकलन गर्ने र त्यसलाई मनिसो टुक्रा पारेर कागजमा बेर्ने गरेका थिए । उनले उक्त चरेश सीतापाइलाका शम्भु भण्डारीले दिएको बताएका छन् । ४७ वर्षीय भण्डारीले ४ वर्षअघि मोटरसाइकल राख्न आउने क्रममा दोस्ती बढाएर पण्डितलाई यस्तो धन्दा सिकाएको अनुसन्धानबाट खुलेको छ ।
‘पार्किङको चिट दिए जसरी कागजमा पोको पारेर चरेस दिने गरेको रहेछ,’ महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका प्रहरी निरीक्षक कवित कटवालले भने, ‘सूचना आएपछि सेटिङ मिलाउँदै मागेको त पत्रिकामा पोको पारेको सानो डल्लो दिएर २ सय रुपैयाँ पो माग्यो ।’
प्रहरीका अनुसार भण्डारीले धादिङका व्यक्तिबाट चरेश किनेर पण्डितलाई दिने गरेको बयान दिएका छन् । उनले आफू पनि चरेश खाने भएकाले साथीसँगको संगतमार्फत चरेश हात परेको बताउँदै भण्डारीले पण्डितलाई बेच्न दिएको स्वीकार गरेका प्रहरीको भनाई छ । ४ वर्षदेखि नै भण्डारीले हरेक बिहान पण्डितको डेरामै चरेस पुर्‍याउने गरेको रहेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक