एसएलसी उत्तीर्ण हुने प्रतिशत घट्यो

२८ जेष्ठ २०७०, मंगलवार २२:०३ मा प्रकाशित

रुपन्देही, २८ जेठ । रुपन्देही जिल्लामा यस बर्ष एसएलसीको उत्तीर्ण प्रतिशत घटेको
छ । एसएलसी परीक्षामा यस बर्ष रुपन्देहीमा ५८.५८ प्रतिसत विद्यार्थीहरु उत्तीर्ण
भएका छन् । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार बिशिष्ट श्रेणीमा ९सय ६५ जना, प्रथम
श्रेणीमा ३ हजार ८ सय ५९, दोस्रो श्रेणीमा २ हजार ३ सय ६२ र तृतीय श्रेणीमा १
सय ३१ जना गरि कुल ७ हजार ३ सय १७ जना परिक्षार्थी उतिर्ण भएका हुन् ।
यसैगरि एक्जाम्टेड तर्फ १ हजार २ सय ३५ मध्ये ३ सय २७ जना विद्यार्थी उतिर्ण
भएको जिल्ला शिक्षा कार्यालयका उपसचिव थानेश्वर ज्ञवालीले बताउनुभयो ।
रुपन्देहीको शान्ति उच्च मावि मणिग्रामबाट एसएलसीमा सहभागी दृष्टिविहीन सबै
बिद्यार्थीहरु उत्तिर्ण भएका छन् । बिद्यालयबाट पांच जना दृष्टिविहीन बिद्यार्थीले
परिक्षा दिएका थिए । ति मध्ये एक जना बिशिष्ट श्रेणीमा र बांकी ४ जना प्रथम
श्रेणीमा उत्तिर्ण भएको  बिद्यालयले जनाएको छ । छात्रा श्रृजना ढकाल बिशिष्ट
श्रेणिमा उत्तिर्ण भएकी छन । त्यस्तै उमा चौधरी, बिना कुंवर, सम्राण केसी र
रुपेश पौडेल प्रथम श्रेणीमा उत्तिर्ण भएका बिद्यालयले जनाएको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको