दुईचार दिनभित्रै चुनावको मिति तोक्ने सरकारी तयारी

२८ जेष्ठ २०७०, मंगलवार १७:५७ मा प्रकाशित

काठमाडौ, २८ जेठ । चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच भेटवार्ता भएको छ । उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका खनालले अध्यक्ष रेग्मीसँग संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गरी निर्वाचनको मिति घोषणा गर्न सरकारसंग औपचारिक आग्रह गरेका छन् । चुनावको मिति घोषणाका लागि सर्वत्र दबाब बढीरहेको उल्लेख गर्दै खनाले छिटो अध्यादेश टुंगो लगाई मिति सार्वजनिक गरिहाल्नुपर्ने धारणा रेग्मीसंग राखेको बताइएको छ । खनालसँग अध्यक्ष रेग्मीले छिटै अध्यादेश जारी गर्ने प्रतिबद्धता जनाएका थिए । 
अध्यक्ष रेग्मीले दुई चर दिनभित्रै चुनावको मिति घोषणा गरिने संकेत गरेको खनालनिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।