मनमोहन-देउवा भेटघाट

२८ जेष्ठ २०७०, मंगलवार १४:४५ मा प्रकाशित

काठमाडौं, २८ जेठ । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटघाट भएको छ । भारतीय प्रधानमन्त्री निवासमा बिहान ११ बजेदेखि लगभग आधा घण्टा भएको भेटमा अवसरमा भारतीय प्रधानमन्त्री सिंहले नेपालका राजनीतिक दलहरुबीच देखिएका विमतिहरु, नेपाली कांग्रेस र अन्य दलको मिलेमतोमा छिटै निकास निस्कने विश्वास व्यक्त गरेको बताइएको छ । भारत सरकार नेपालमा बहुदलीय लोकतन्त्र स्थिर र सुदृढ भएको हेर्न चाहेको उल्लेख गर्दै सिंहले नेपालमा संविधानसभाको निर्वाचन मिति छिटो घोषणा गरेर संविधानसभा मार्फत् शान्ति, लोकतन्त्र र सम्मुनत नेपाल बनोस् भन्ने कामना गरेका थिए।
नेता देउवालेचाहिँ १२ बुँदे समझदारीदेखि शान्तिप्रक्रियामा भारत सरकाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी संविधानसभा निर्वाचनमा ुलजिष्टिकु सहयोग गर्न आग्रह गरेका थिए। वनबासादेखि महेन्द्रनगर जोड्न महाकाली नदीमा पुल निर्माण, काठमाडौं निजगढ फास्ट ट्र्याक निर्माण, नेपालमा उत्पादित कृषिजन्य उत्पादनहरुको गुणस्तर प्रमाणिकरण नेपाल र सीमा क्षेत्रमै गर्ने व्यवस्था मिलाउन तथा जोगबुढादेखि पुनरावेदी जोड्ने झोलुङ्गे पुल निर्माणका लागि पनि देउवाले सहयोग गर्न भारतीय प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।
भेटमा भारतीय सरकारका सुरक्षा सल्लाहकार शिवशंकर मेनन, नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव सहित सहभागी थिए भने देउवाको प्रतिनिधमण्डलमा कांग्रेस नेता निधी, देउवा पत्नी आरजु तथा दिल्लीस्थित नेपाली दूतावासका तीर्थ वाग्ले सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट