सडकलाई समस्या नै समस्या !

२८ जेष्ठ २०७०, मंगलवार ०७:२९ मा प्रकाशित

रुपन्देही, २८ जेठ । बुटवलको सडक व्यबस्थित गर्न बुटवलका उद्योगी–व्यबसायीहरुले जोड दिएका छन् । बुटवल उद्योग बाणिज्य संघले बुटवलको सडक अवस्था, सम्भावना र चुनौतिका बिषयमा आयोजना गरिएको अन्तरक्रियामा उद्योगी–व्यबसायीहरुले सडकको बिकास र बिस्तारको काम गुणस्तरीय हुन नसक्दा यहाँका अवसरहरु चुनौति बन्दै गएको औंल्याए ।
बुटवलमा जनघनत्व बढ्दै गएको, व्यापारिक चाप बढ्नुजस्ता कारणले बुटवलको सम्भावना पनि बढ्दै गएको अवस्थामा राज्यले यहाँको सडक विकासलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले बताए । बुटवलको सडकलाई गुणस्तरीय बनाउन नसक्नुमा सडक छेउमा बनेका घर टहरा, सडकमा बिछ्याइएका खानीपानीका पाइपलाइन, विद्युत, टेलिफोन लाइन जस्ता कुराहरु हटाउने काम चुनौतीपूर्ण हुँदा काममा गुणस्तरीयता प्रदान गर्न पनि कठिनाई भएको वेलहीया–बुटवल सडक बिस्तार आयोजनाका प्रमुख बिष्णुप्रसाद भण्डारीले बताए ।
कार्यक्रममा बुटवल नगरपालिका वरिष्ठ अधिकृत बिष्णुप्रसाद खनाल, पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रमुख विभूतिराज पाण्डे, हेवी ईक्यूमेन्ट बुटवलका ईञ्जिनीयर लक्ष्मण आचार्यले बुटवलको सडक गुणस्तरीय र व्यबस्थित बनाउन कसरी बनाउन सकिन्छ भन्ने बिषयमा अवधारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ, अर्जुनमान सैंजु, वरिष्ठ उपाध्यक्ष महेशमान सिंह, सचिव दिनेश श्रेष्ठ, व्यबसायीहरु अनुपमान सैंजु, अशोक बर्मा, लोकराज पोखरेल, प्रदिप श्रेष्ठ, गोपाल रिजाल, कृष्ण भट्टराई, वालकृष्ण भट्राई, यज्ञराज अधिकारी, टिकाराम वञ्जाडे, नरिस्वर पौडेल लगायतले आ–आङ्खनो धारणा राखेका थिए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा