‘थे्रसहोल्ड अनिवार्य’: नेता ज्ञवाली

२८ जेष्ठ २०७०, मंगलवार ०७:२२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २८ जेठ । निर्वाचनसम्बन्धी ऐन निर्माणको जिम्मा उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारको पोल्टामा हालिसकेको परिवेशमा पनि नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले संविधानसभालाई माछाबजार बन्न नदिन ‘थे्रसहोल्ड’ अनिवार्य रहेको बताएका छन् । उनले जनाधिकार भएका दलहरुको मात्रै संबिधानसभामा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । ‘संविधानसभालाई माछा बजार बन्न नदिन थ्रेसहोल्ड चाहिन्छ,’ ज्ञवालीले भने– ‘दल खोल्ने सनक सुरु भएको छ, त्यसैले राजनीतिलाई व्यापार बन्न नदिन यो व्यवस्था हुनैपर्छ ।’
नेकपा एमालेको जिल्ला प्रचार भेलालाई सोमबार बुटवलमा सम्बोधन गर्दै नेता ज्ञवालीले असन्तुष्ट दलहरुलाई सहमतिमा नल्याएसम्म निर्वाचनको औचित्य नहुने पनि बताए ।
‘नेकपा माओवादी लगायतका दलहरु सडकमा छन, सडकमा रहेका मुख्य शक्तिहरुलाई सामेल नगरेसम्म चुनावको अर्थ रहदैन’, ज्ञवालीले भने । एमाले प्रचार विभाग प्रमुख समेत रहेका ज्ञवालीले नेकपा–माओवादी, मधेशवादी दलहरु पनि निर्वाचनमा आउने वातावरण्ँ बनाउन प्रधानन्यायधीस पदबाट रेग्मीले राजिनामा दिनुपर्ने माग गरे ।
निर्वाचन हाम्रो एक मात्र विकल्प हो, निर्वाचनको सहमति जुटेको छैन ज्ञवालीले भने, ‘उहांले प्रधानन्याधिबाट राजिनामा दिंदा असन्तुष्टि केहि हट्छ ।’ जसरी पनि निर्वाचन गर्न सकियोस भनेर ठूलो जोखिम मोलेर राजनीतिलाई दाउमा राखी रेग्मीलाई अन्तरिम चुनावी मन्त्री परिषदको अध्यक्ष बनाएकाले सो सरकारले निर्वाचनबाहेक अन्य कुरामा ध्यान नदिन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट