व्यवसायी ऋषी ढकाल क्यालिफोर्नियाका लागी वाणिज्यदूत नियुक्त, ओहोदाको पदभार ग्रहण

२८ जेष्ठ २०७०, मंगलवार ०७:२२ मा प्रकाशित

भर्जिनिया, २८ जेठ । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यका लागि नेपालका तर्फबाट बाणिज्यदूत नियुक्त हुनु भएका ऋषी ढकालले आफ्नो ओहोदाको पदभार ग्रहण ग्रहण गर्नुभएको छ । सोमबार संयुक्तराज्य अमेरिकाको वासिंटन डिसीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा नव नियुक्त वाणिज्यदूत ढकालले ओहोदाको पदभार ग्रहण गर्नुभएको हो । अमेरिकाका लागि नेपाली राजदूत डाक्टर शंकर प्रशाद शर्माले नेपाल सरकारका तर्फबाट ढकाललाई वाणिज्यदूतमा नियुक्त गरिएको पत्र प्रदान गर्दै उहांलाई बधाई सहित सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा आफ्नो व्यवसाय संचालन गर्दै आउनुभएका व्यवसायी ढकाललाई केही समय पहिले नेपाल सरकारको मन्त्रिपरिषद् निर्णय अनुसार वाणिज्यदूतमा नियुक्त गरेको थियो । अमेरिकी सरकारले व्यवसायी ढकाललाई वाणिज्यदूतमा नियुक्तीका लागि एग्रिमो पठाएपछि नेपाल सरकारका तर्फबाट उहाँलाई औपचारिक रुपमा वाणिज्यदूत नियुक्त गरिएको हो । ओहोदाको पदभार ग्रहण ग्रहणसँगै सोमबारदेखि नै ढकालको औपचारिक कार्यकाल सुरु भएको छ । उहाँले अवैतनिक वाणिज्यदूतका रुपमा काम गर्नुहुनेछ । नियुक्ती लगत्तै संचार माध्यमसंग कुरा गर्दै वाणिज्यदूत ढकालले भने, ‘ अमेरिकामा नेपाली बस्तुको निर्यात र ब्यापार बढाउनु मेरो पहिलो प्राथमिकता हुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।