‘डन’ बस्नेत गए जेल

२७ जेष्ठ २०७०, सोमबार २०:१८ मा प्रकाशित

काठमाडौं, २७ जेठ । अन्ततः आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको आरोप खेप्दै आएका विराटनगरका पर्शुराम बस्नेत कारागार चलान भएका छन्। विशेष अदालतले मागेको धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रिय कारगार चलान गरिएको हो । अदालतले बस्नेतसँग दुई करोड धरौटी माग गरेको थियो । उनी एमालेको पूर्वाञ्चल इन्चार्ज समेत हुन् ।
बस्नेतकी पत्‍नी अञ्जु सिंहमाथि पनि मुद्दा चलिरहेकोमा उनलाईचाहिँ साधारण तारेखमा छाड्ने फैसला सुनाइएको छ । सम्पत्ति शुद्धीकरण विभागले अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो भने मुद्दाबाट पार पाउन उनले पार्टी नेता गुहार्दै आएका थिए । उनको नाममा विभिन्न ११ कित्ता जग्गा, विभिन्न बैंकको सेयर, ९ करोड ६६ लाख बैंकिङ कारोबार, ७१ लाखको जग्गा खरिद र ४३ लाखको बिक्री, हुन्डाइ टक्सनलगायत ६४ लाखको सवारीसाधन खरिदलगायतमा लगाइएको रकम काठ तस्करी, सीमापारी तस्करी, ठेक्कापट्टाको कमिसन र असुलीबाट आर्जन गरेको अनुसन्धानको निष्कर्ष छ।
सोमबार बिहान श्रीमती अन्जु सहित विशेष अदालतमा वस्नेत आफै हाजिर भएका थिए । विभागले वस्नेतसहित डन भनेर चिनिएका अभिसेक गिरी, दीपक मनाङे, चक्रे मिलन र गणेश लामा माथि अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा चलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४