सरकारले जे गरे पनि स्वीकार गर्ने सहमति भएको प्रचण्डको खुलासा

२७ जेष्ठ २०७०, सोमबार १९:५७ मा प्रकाशित

काठमाडौं, २७ जेठ । राजनीतिक दलहरुबीच निर्वाचनको कानूनसम्बन्धी मुद्दाहरुमा सहमति हुन नसकेपछि अब सरकारलाई नै सम्पूर्ण कुराको निर्णय गर्ने अधिार दिइएको र सरकारले जे निर्णय गरे पनि स्वीकार गर्ने सहमति दलहरुबीच भएको प्रचण्डले बताएका छन् । यसबाट अब सरकारलाई निर्वाचनको मिति घोषणा गर्ने बाटो खुलेको उल्लेख गर्दै प्रचण्डले पाँचथरमा हुने लिम्बुवान मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनका लागि जाँदै गर्दा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, निर्वाचन ऐन, थ्रेसहोल्डका सम्बन्धमा हामी सहमत हुन सकेनौं, त्यो कुराको जानकारी सरकारलाई दिने सहमति भएको छ । सरकर आफ्नो ढंगले अघि बढोस् ।
सरकारले निर्वाचन ऐनलाई अन्तिम रुप दिएर निर्वाचनको मिति घोषणा गर्छ, यो काम चाँडै हुदैछ भन्दै उनले माओवादीसँग पार्टी एकताको कुनै सम्भावना नरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष