अर्थमन्त्रीले यसरी गरे भावी बजेटको ब्याख्या

२७ जेष्ठ २०७०, सोमबार १५:४६ मा प्रकाशित

रासस, काठमाडौ,२७ जेठ । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आगामी बजेट कुनै पनि राजनीतिक वाद र सिद्धान्त तथा नाराबाट निर्देशित नहुने बताएका छन् । 
पूर्व बजेट छलफलका लागि सोमबार अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाज ९सेजन०द्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री कोइरालाले आगामी बजेट राजनीतिक सिद्धान्त र वादबाट बाहिर तथा वितरणमुखीबाट पर भई विकास केन्द्रित हुने जानकारी दिए । उनले आगामी बजेटमा ऊर्जा, पूर्वाधार विकास, कृषिको यान्त्रिकीकरण, पर्यटन, निर्यातमूलक गतिविधिलाई उच्च प्राथमिकता दिने पनि बताए ।
मन्त्री कोइारालाले गरिबी निवारण, रोजगार वृद्धि, लगानीमैत्री वातावरण, वैदेशिक लगानी वृद्धि र आर्थिक सुशासनलाई बजेटको मूल लक्ष्यमा राखिने बताए ।
उनले सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकबाट विकसित मुलुकको दर्जामा लैजान प्रतिवर्ष सात प्रतिशत आर्थिक वृद्धि दर हुनुपर्ने चुनौती रहेको पनि बताए ।
सो अवसरमा अर्थसचिव शान्तराज सुवेदीले चालू आर्थिक वर्षको राजस्व लक्ष्यभन्दा रु आठ अर्ब बढी सङ्कलन भइरहेकाले अब पुँजीगत खर्चमा जोड दिइने बताए ।
उनले वैदेशिक सहायतासम्बन्धी नीतिको मस्यौदा भइरहेको जानकारी पनि दिए ।
सेजनका अध्यक्ष प्रदीप चापागाईंले आगामी बजेटले आर्थिक सुशासन र स्थायित्वका लागि ठोस कदम चाल्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री