जेठ १४ मा संविधान नबने मुलुक महाविनास र अन्धकारको वाटोमा जान सक्छ: खनाल

२५ चैत्र २०६८, शनिबार १८:४९ मा प्रकाशित

काठमाडौ, २५ चैत्र । एमाले अध्यक्ष झलानाथ खनालले शान्ति र संविधान पूरा नभएसम्म आफुले काठमाडौँ नछाड्ने घोषणा गरेका छन् । शनिबार मुस्ताङका राजनैतिक दलका नेता, नागरिक समाजका अगुवा, बुद्धीजिवी र महिला प्रतिनिधिहरुसँगखनालले यस्तो घोषणा गरेका हुन् ।

संवादमा मुस्ताङका एमाले अध्यक्ष चन्द्रमोहन गौचन, पूर्व जिविस सभापतिसमेत रहेका कांग्रेस जिल्ला नेता आनन्द शेरचन, नागरिक समाजका अगुवा रामचन्द्र अधिकारी र महिला प्रतिनिधि जमुना थकालीसँग शनिबार उनले सुझाव लिए ।

सुझाबपछी एमाले अध्यक्ष खनालले निर्धारित समयमै संबिधान निर्माण गर्न दलका नेताहरुलाई दबाब दिन आग्रह गरे । जेठ १४ मा संविधान नबने मुलुक महाविनास र अन्धकारको वाटोमा जान सक्छ खनालले भने ।

एमाले अध्यक्ष खनालले आइतबार सुदुरपश्चिमको डोटी तथा सोमबार चितवनका राजनैतिक दल, नागरिक समाज, बुद्धीजिबी लगायतसँग टेलिफोन सम्वाद गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव