चरिकोटमा आगलागी, ६ घर ध्वस्त

२७ जेष्ठ २०७०, सोमबार १०:५८ मा प्रकाशित

काठमाडौं, २७ जेठ । दोलखाको सदरमुकाम चरिकोटस्थित नयाँ बसपार्क क्षेत्रमा गए राती भीषण आगलागी भएको छ । आगलागीबाट ६ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको बुझिएको छ ।
राति करिब ११ बजे सुरु भएको आगो सेना, प्रहरी र स्थानीयको प्रयासमा आज बिहान विहान मात्र निभाइएको हो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट पाँचवटा काठको घर र एउटा आरसिसि पक्की घर जलेका छन् भने ६ वटा ग्यास सिलिण्डर समेत विष्फोट भएकोले आगो निभाउन कठीन परेको थियो । क्षतिको पूर्ण विवरण आईसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा