अराजक समूहद्वारा पूर्वराजाको भ्रमण बिथोल्ने प्रयास

२७ जेष्ठ २०७०, सोमबार १०:५० मा प्रकाशित

काठमाडौं, २७ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहको २७ जेठका लागि तय भएको सप्तरी भ्रमणलाई विभिन्न दलनिकट विद्यार्थी सङ्गठनले बिथोल्ने प्रयास गरेका छन् । पूर्वराजा शाहको स्वागतका लागि निर्माण गरिएको स्वागतद्वार आइतबार साँझ विद्यार्थीले तोडफोड गरी जलाइदिएको राससले जनाएको छ।
पूर्वराजाको स्वागतार्थ उनका अनुयायीहरुले राजविराजका विभिन्न स्थानमा एक दर्जन स्वागतद्वार तयार गरेका थिए, जसलाई अराजक प्रवृत्तिका विद्यार्थी समूहले तोडफोड गरेको बताइएको छ। सो क्रममा विद्यार्थीले पूर्वराजा शाहविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
यसरी पूर्वराजाको भ्रमण बिथोल्न अराजक क्रियाकलाप गरेको भन्दै प्रहरीले मधेसी जनअधिकार फोरम नेपालनिकट विद्यार्थी सङ्गठनका केदार यादव र नेपाल विद्यार्थी सङ्घका पार्थो सरकारलाई पक्राउ गरेको छ । विद्यार्थीको आन्दोलन थप हिंसात्मक हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस