माओवादी लथालिङ्ग भएको प्रचण्डको स्वीकारोक्ति

२७ जेष्ठ २०७०, सोमबार १०:४१ मा प्रकाशित

काठमाडौं, २७ । एमाओवादी पार्टी बाहिरबाट नियाल्नेका लागि आकर्षक भए पनि भित्रभित्रै खोक्रो र लथालिङ्ग  बनेको खुलासा गरिएको छ । यस्तो विष्फोटक खुलासा गर्ने अरु कोही नभई एमाओवादीकै अध्यक्ष प्रचण्ड हुन् । आइतबारको केन्द्रिय समिति बैठकमा उनले बाह्य आकर्षण भए पनि पार्टीको आन्तरिक व्यवस्थापन लथालिङ्ग रहेको स्वीकार गर्दै स्थिति सम्हाल्न तत्काल पहल नगरे विस्फोट हुने खतरा औंल्याए।
पार्टीको आन्तरिक संगठनात्मक व्यवस्थापन निकै चुनौतीपूर्ण बनेकोले तत्काल समाधानका उपाय खोजी अवलम्वन गर्न अध्यक्षले निर्देशन दिएको प्रवक्ता अग्नि सापकोटाको भनाई छ । बैठकमा नेता कृष्णबहादुर महराले संगठन सुदृढीकरण सुझाव कार्यदलको प्रतिवेदनमा अध्यक्ष दाहालले औंल्याएझैं पार्टीभित्र गुटबन्दी कायमै रहेको उल्लेख गरेका थिए । पार्टीमा पुराना र नयाँ, वर्गीय आन्दोलन र अन्य उत्पीडित समुदायबाट आएका, जनयुद्ध र अन्य आन्दोलनबाट आएका कार्यकर्ताको बीचमा अन्तविर्रोधका साथै गुटबन्दीको समस्या जबर्जस्त रहेको महराले आफ्नो लिखित प्रतिवेदनमा उल्लेख गरेका छन् । महाधिवेशनपछि केन्द्रमा गुटबन्दी संग्लिँदै गए पनि तल गुट र व्यक्ति हावी हुने, विचार र राजनीतिभन्दा व्यक्तिगत स्वार्थ टक्राउने, विचार समूह वैचारिक बहसमा होइन, गुटमा परिणत हुनेजस्ता समस्या रहेको र पार्टीले आन्तरिक रुपमा यस्ता कुराहरुको उचित व्यवस्थापन गर्न नसकेको महराले औंल्याएका छन्।
बैठकमा आफ्नो धारणा राख्ने क्रममा अध्यक्षलाई उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले असहयोग गरेको संकेत महराले गरेका थिए भने महराको यसतो अभिव्यक्तिलाई प्रचण्डको चाकडी गरेर आफ्नो स्थान सुरक्षित तुल्याउने चालका रुपमा  बैठककै सहभागी कतिपयले अथ्र्याएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर