एनआरएन अध्यक्षमा संघका संस्थापक एवं संरक्षक रामप्रताप थापाको उम्मेदवारी

२६ जेष्ठ २०७०, आईतवार २१:५५ मा प्रकाशित

काठमाडौं, २७ जेठ । गैरआवाशीय नेपाली संघ एनआरएनका संस्थापक एवं संरक्षक रामप्रताप थापाले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको छ । गैरआवाशीय नेपाली संघ एनआरएनको स्थापना देखि नै क्रियाशील रहदै आउनुभएका संघका संस्थापक थापाले दोहोरो नागरिकता र संसार भरि छरिएका नेपालीहरुको सामुहिक एकेबद्द्ता र मातृभूमिका लागि लगानीमैत्री बाताबरण दिघो र संस्थागत बनाउन आफ्नो अनुभव र योजना उपयोगी हुने दावीसहित उमेदवारी घोषणा गर्नु भएको हो । यस अघि एनआरएनका उपाध्यक्ष क्या. हितमान गुरुङ र नेपाली मुलका अष्ट्रेलिया निवाशी धनाढ्य सेश घलेले पनि आफ्नो उम्मेदवारी अध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरि सकेका छन् ।

संस्थापक उपाध्यक्ष एवं गैरआवाशीय नेपाली आन्दोलनका प्रवर्तक थापाले यस अघि अर्को कार्यकालका लागि सहमतिमा अध्यक्ष र नेतृत्व चयन गर्ने परम्परा विकास गर्न देव मान हिराचन र जीवा लामिछानेलाई निर्बिरोध अध्यक्ष चयन हुन आफ्नो दावी फिर्ता लिनु भएको थियो । गैरआवाशीय नेपाली संघ एनआरएनको नीति निर्माण तहमा स्थापना कालदेखिनै महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएका थापाको उम्मेदवारी घोषणा संगै उहांलाई सहमतीय परम्परा अनुसार अध्यक्ष चयन गरिनु पर्ने चर्चा परि चर्चा सुरु भएको छ । यद्यपि गैर आवाशीय नेपाली संघ एनआरएनको अध्यक्ष पद अहिले सम्म सहमतिमै चयन हुने परम्परा रहेको हुदा अन्तिम समयमा आगामी कार्यकालका लागि संस्थापक एवं संरक्षक राम प्रताप थापाको नाउँमा सहमति हुने एक थरिको बुझाई रहेको छ ।

को हुन् राम प्रताप थापा ?

गैरआवाशीय नेपाली संग एनआरएनका संस्थापक, संरक्षक एवं अभियन्ता रामप्रताप थापा आज भन्दा ३७ वर्षअघि उच्च शिक्षाका लागि जर्मनी पसेका हुन् र आज पर्यन्त पनि जर्मनीमै बसोबास गर्छन । जर्मनीको प्रतिष्ठित सेभिङ्स बैँक गु्रपको वित्त विश्लेषकको जागिरे जिन्दगीबाट सेवा निवृत्त हुन् उनि । रामप्रताप थापाको जिन्दगीको हरेक पल मातृभूमि प्रति समर्पित छ । २०४५ साल ताका भारतले नाकाबन्दी गरेपछि विचलित भएको वैदेशिक लगानीको प्रवाह कसरी बढाउन सकिन्छ भन्ने ध्याउन्नमा केन्दि्रत थिए उनि । आज पनि उनी नेपालसम्बन्धी संस्थाहरूको सम्मेलन गर्छन, नेपाल दिवसको आयोजनमा व्यस्त रहन्छन। विदेशी नागरकिता अंगीकार गरेका नेपालीलाई झक्झक्याएर हुन्छ कि, नेपालको प्रवर्द्धनमा अनेक उत्सव र आयोजनहरू गरेर, मातृभूमिको समृद्धिका लागि सहयोगी हात खोजिरहेका हुन्छन उनि । थापा राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो), एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) लगायत संस्थालाई नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जुटाउन सहजीकरण देखि जर्मनीका लगानीकर्तालाई नेपालतर्फ आकषिर्त गर्न सक्रिय रहे । नेपालको दुर्भाग्य ०४५ सालमा भारतले नेपालविरुद्ध नाकाबन्दी गरेपछि उनका यी सबै योजना र काम रोकियो र युनिडो र एस्क्यापको लगानी पनि बन्द भयो र त्यसपछिका दिनमा नेपालमा वैदेशिक लगानीका दृष्टिले कहिल्यै सकारात्मक रहेन । तर आज पनि जर्मनीका लगानीकर्तालाई नेपालमा लगानी गर्न सहजीकरण गर्दै छन् थापा । थापाको सोचमा विश्वभर छरिएका नेपालीनै नेपालको समृद्दिको बाटो हुन् र हान सक्छन। जर्मन-नेपाल मैत्री संघका अध्यक्ष समेत रहेका थापाले आफ्नो व्यावसायिक कामबाहेक अधिकांश समय नेपालका लागि गर्न सकिने कामको रुप रेखा टायर गर्ने बहस छलफलमा केन्द्रित गर्ने गरेका छन् । एनआरएनका प्रमुख अभियन्ता मध्येमा पर्ने थापा विदेशमा रहेका असंख्य नेपालीहरुको लगानीलाई आकषिर्त गरी निश्चित क्षेत्रको विकासको जिम्मा नै दिने हो भने पनि देख्न सकिने प्रगति हुन्छ यसको सुरुवात भैसके पनि एनआरएनले यो अभियानलाई संस्थागत रुप दिनु पर्ने उनको भनाइ छ र उनि संग लामो अनुभव र योजना पनि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४