निर्वाचनको माहोल बनाउने जिम्मा एमाओवादी पार्टीको : प्रचण्ड

२६ जेष्ठ २०७०, आईतवार २०:२८ मा प्रकाशित

काठमाडौं, २६ जेठ । एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस, एमाले र वैद्य समू निर्वाचन भाँड्न उद्यत् रहेको बताएका छन् । आजदेखि सुरु भएको एमाओवादी केन्द्रिय समितको बैठकमा उनले यस्तो धारणा प्रस्तुत गरेको बताइएको छ ।
चुनाव भाँड्ने शक्तिहरुको नामै किटान नगरे पनि  कांग्रेस, एमाले र मोहन वैद्य नेतृत्वको नेकपा(माओवादीतर्फ इंगित रहेको प्रष्टै बुझिने भाषामा प्रचण्डले आरोप लगाएका बैठकमा सहभागी एक नेताले जानकारी दिए । वर्तमान परिवेशमा चुनावको विकल्प नरहेको उल्लेख गर्दै चुनावी वातावरण बनाउन अब आफ्नो पार्टीले भूमिका खेल्नुपर्ने तर्क प्रचण्डले गरेका थिए ।
उता, निर्वाचन कानुनमा सहमति जुटाउन बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठक आइतबार पनि टुंगोमा पुगेन । थ्रेस होल्डलगायतका विवादित विषयमा दलीय अडान यथावत रहेकाले बैठक निष्कर्षविहीन टुंगिएको बताइएको छ । दलहरुबीच बैठक सोमबार दिउँसो फेरि बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।