एकै व्यक्तिद्वारा ‘दर्जन छोरा’को नागरिकता सिफारिस

२६ जेष्ठ २०७०, आईतवार १४:५९ मा प्रकाशित

रासस, काठमाडौं, २६ जेठ । एकै व्यक्तिले नक्कली छोरा बनाएर १२ जनालाई नागरिकता दिलाएको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीकै मिलेमतोमा नवलपरासीका एक व्यक्तिले १२ जनालाई आफ्नो छोरा बनाई नागरिकता दिलाएका हुन् । सनई गाविसका सरफु्द्दिन मुसलमानले विभिन्न मितिमा गाविसबाट सिफारिस बनाई केही भारतीय नागरिकसहित १२ जनाको नागरिकता बनाइदिएको रेकर्ड पाइएको छ ।  मुसलमानले नक्कली नागरिकता दिलाएको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदनमा फर्जी नागरिकता वितरण गरेको खुलासा भएको हो ।
गाविस सचिवले सिफारिस गर्दा दिने सबै कागजात आफैँ तयार गरी मुसलमानले सचिव गोकुल गिरीको समेत किर्ते हस्ताक्षर गरेका थिए । गाविसका सचिव गिरीले नक्कली कागजपत्र पेस गरी नागरिकता निकालेको उजुरी हालेपछि प्रशासनले छानबिन समिति गठन गरेको थियो । मुसलमानले बाबु बनेर नागरिकता दिलाउनेको सङ्ख्या १७ जना रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।