बिद्रोही वैद्यपक्ष र संस्थापन पक्षबीच धनगढीमा झडप

२५ चैत्र २०६८, शनिबार १८:४१ मा प्रकाशित

कृष्ण खनाल, बाँके २५ चैत्र । माओवादी संस्थापन पक्ष र बिद्रोही वैद्य पक्षका कार्यकर्ताबीच धनगढीमा झडप भएको छ। भन्सारबाट आउने गाडीको पैसा उठाउँने विवादक कारण शनिबार झडप भएको हो। झडपमा वैद्य पक्षधरका बिद्रोही दुई कार्यकर्ता सामान्य घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका एक जनाको अवस्था गम्भीर रहेको  छ। धनगढी नगरपालिकाको मिलनचोकमा भारतिय भन्सारबाट आउने गाडीबाट पैसा उठाउन बनाइएको पोष्टमा बसेका वैद्यपक्षधर कार्यकर्तालाई रड बोकेर आएको संस्थापन पक्षले प्रहर गरेपछि झडप सुरु भएको थियो। संस्थापन पक्षको आक्रमणबाट वैद्य पक्षधर कार्यकर्ता भरत विष्ट र विनोद च्यामजुङ घाइते भएका छन्। प्रहरीले झडपलाई साम्य पारेको थियो।
माओवादी भात्री संगठन अखिल नेपाल यतायात मजदुर संघको नामबाट मजदुरको कल्याणकोषका लागि भनेर ३ वर्षदेखि भारतबाट आउने गाडीबाट पैसा उठाउने गरिएको र
पैसाको स्रोत राम्रो भएकाले पोष्टमा कुन पक्षको नियन्त्रण रहने भन्ने विषयमा दुई पक्षबीच भएको विवाद झडपमा परिणत भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा