२६ जेष्ठ २०७०, आईतवार १४:४५ मा प्रकाशित

मन्त्री क्वार्टरमा बत्तीको लाइन काटियो
काठमाडौ, २६ जेठ । त्रिसुली ३ ए आयोजनाको क्षमता बढाउन गरिएको सरकारी निर्णयको बिरोध जनाउँदै आएका प्राधिकरणका कर्मचारीले पुल्चोकस्थित मन्त्री क्वाटरमा विजुलीको लाइन काटेर बिरोध जनाएका छन् । उक्त आयोजनाको क्षमता बढाउन गरिएको निर्णयको विरोधमा कर्मचारीहरुले बिरोधको नयाँ शैली अपनाएका हुन् ।
टेकुस्थित शव वे स्टेशनबाट आइतबार बिहान दुई घण्टाको लागि लाइन काटिएको हो । आन्दोलनरत कर्मचारीहरुले मन्त्री क्वाटरमा धर्नासमेत दिए । उनीहरुले आफ्नो माग पूरा नभए विद्युत कटौती समय थप गर्ने चेतावनी दिएका छन् ।
प्राधिकरण संचालक समितिले टेन्डर र कानुनविपरित आर्थिक प्रलोभनमा पारेर आयोजनाको क्षमता ६० बाट ९० बनाउने निर्णय गरेको आरोप विद्युत् प्राधिकरणका कर्मचारीहरुले लगाउँदै आएका छन् । ती संगठनहरुले आइतबारदेखि तीनदिनसम्म प्राधिकरणका देशभरका कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कामकाज ठप्प पार्ने कार्यक्रम समेत अघिसारेका छन् । उनीहरुको यस कदमलाई कतिपयले भने विकासका काममा कर्मचारीको अनावश्यक हस्तक्षेप भन्ने टिप्पणी पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।