देउवा दिल्ली भ्रमणमा

२६ जेष्ठ २०७०, आईतवार १०:४७ मा प्रकाशित

काठमाडौं, २६ । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएका छन् । आज आइतबारदेखि सुरु भएको देउवाको नयाँदिल्ली यात्रालाई भारत सरकारले उच्च प्राथमिकता दिएको बताइएको छ । देउवाका साथ उनकी पत्नी आरजु र देउवाका विश्वासपात्र नेता विमलेन्द्र निधि पनि दिल्ल्ली प्रस्थान गरेका छन् । विश्वस्त स्रोतका अनुसार कांग्रेसका सभापति सुशील कोइरालालाई नयाँदिल्ली बोलाउने भारतीय संस्थापन पक्षको चाहनाविपरित कोइरालाले भारत जान अनिच्छा दर्शाएपछि शेरबहादुर देउवालाई महत्वका साथ आमन्त्रण गरिएको हो ।
भारतीय विदेश मन्त्रालयले देउवाको भेट प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग हुने विवरण सार्वजनिक गरेको छ । भोली सोमबार दिउँसो दिल्लीको होटल मौर्यमा भारतीय विदेश सचिव रञ्जन मथाईले देउवासँग  भेटवार्ता गर्ने छन् भने मथाईपछि हैदराबाद हाउसमा विदेशमन्त्री सलमान खुर्सिदले भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। सोमबार अपरान्ह नै जनपथस्थित निवासमा सोनिया गान्धीसँग देउवाको  सोमबार अपराह्न भेटवार्ता गर्दैछन् । स्मरण रहोस्, एक महिनाअघि भारत भ्रमण गरेका प्रचण्डको भ्रमणलाई अति महत्व दिइए पनि सोनिया गान्धीसँग प्रचण्डको भेट गराइएको थिएन ।
भारतीय विदेश मन्त्रालयका अनुसार देउवाले मंगलबार बिहान प्रधानमन्त्री सिंहसँग प्रधानमन्त्री निवासमा भेटवार्ता गर्दैछन् । सोही दिन अपराह्न अब्जर्भर रिसर्च फाउन्डेसनको आयोजनामा देउवाले नेपालको आसन्न संविधानसभा निर्वाचनबारे प्रवचन दिने भएका छन् । विदेश मन्त्रालयको जानकारीअनुसार बुधबार उत्तराखण्डको देहरादून जाने देउवाले मुख्यमन्त्री विजय बहुगुणासँग त्यही दिन भेटवार्ता गर्दैछन् ।  यसैगरी नेपाली दूतावासले पनि सोमबार अपराह्न दूतावासमा नेपाली संघसंस्थाका प्रतिनिधिहरूमाझ पूर्वप्रधानमन्त्री देउवासँगको भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा