दलका नेता जनभावनाभन्दा विदेशी चाहनाबाट परिचालित भएको आरोप

२६ जेष्ठ २०७०, आईतवार ०९:०३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २६ जेठ । नेपाली कांग्रेसका नेता तथा पुर्वसांसद भागवत ज्ञवालीले दल तथा नेताहरुले नेपालको राजनीतिलाई सही किसिमले नेताले डोर्याउन नसक्दा देशमा अस्थिरता शुरु भएको आरोप लगाएका छन् । विदेशीहरुले नेपालमा अस्थिरता चाहेको टिप्पणी गर्दै उनले दलका नेताहरु जनताको भावनाभन्दा पनि विदेशीको चाहना अनुसार चलेको बताए ।

गुल्मी-रुपन्देही सम्पर्क समितिको बुटवलमा भएको बिशेष भेला तथा अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले वामपन्थीहरुकै कारण संविधानसभा विघटन भएको दाबी पनि गरे । नेपाली कंग्रेसनिकट सम्पर्क समितिका सभापति रामचन्द्र पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापती चन्द्र केसी, पुर्वसभापती राजेन्द्र पन्त, रुपन्देही क्षेत्र नम्वर ४ का क्षेत्रिय सभापती हरिबहादुर आचार्य, डा. नारायणप्रसाद कँडेल, महेन्द्र भण्डारी, पृथ्वी फौज्दार, मुक्ति कँडेल, रवि ज्ञवाली, हरि पन्त, खिमानन्द भट्टराई, बिक्रम खड्का, लोकप्रसाद खरेल, गंगाराम सापकोटा, गणेश पन्त, हरि कँडेल, थानेश्वर अर्याल, नन्दराम भण्डारी, परशुराम ढकाल, घनश्याम पन्त, भिम वहादुर आले लगायतले मन्तव्य दिने क्रममा नेपाली कंग्रेसका कार्यकर्ताहरुलाई संगठित गर्न समिति क्रियाशिल हुनुपर्ने बताएका थिए ।

अधिवेशनले आगामी कार्यकालकालागि रामचन्द्र भुषालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा घनश्याम पन्त, सचिवमा पृथ्वी फौजदार, कोषाध्यक्षमा ललितप्रसाद खरेल, सहसचिवमा ओमप्रकाश अर्याल निर्विरोध रुपमा चयन भएका छन् भने सदस्यहरुमा कृष्णप्रसाद पाण्डे, तेजबहादुर गौतम, मेघनाथ अर्याल, आशा थापा, अर्जुन कुवंर, ओमप्रकाश गुरुङ, पुष्पा बलाल, लक्ष्मण ज्ञवाली, लाल ब केसी, टिका गिरी, निरु श्रेष्ठ, कृष्णचन्द्र चण्डारी, कैलाशचन्द्र ज्ञवाली र बिक्रम खड्का चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका