‘सेनालाई सत्ता सुम्पेर सिक्कीमीकरणको तयारी’

२६ जेष्ठ २०७०, आईतवार ०८:३५ मा प्रकाशित

काठमाडौं, २६ जेठ । पार्टी विभाजन भएको वर्ष दिन नपुग्दै एमाओवादी र नेकपा माओवादीबीच एकीकरणको हल्ला चल्न थालेको परिवेशमा नेकपा–माओवादीका सचिव देव गुरुङले प्रचण्ड बाबुरामसहित प्रमुख चार दलका नेताहरुले नेपाललाई सिक्कीमको हालतमा पुर्याउन लागेको आरोप लगाएका छन् । मकवानपुरमा आयोजित एक कार्यक्रमबीच सचिव गुरुङले सिक्कीमीकरणको योजना अन्तर्गत नै चारदलले विदेशीको इसारामा मुलुकको सत्ता सेनालाई सुम्पन लागेको आरोप लगाए। दलीय सरकारलाई विस्थापित गरेर चार दलले प्रधानन्यायाधीशलाई ल्याएको र अब सेनापतिलाई ल्याउने गुप्त षड्यन्त्र भइरहेको उनको कथन छ ।
मकवानपुरको हाँडीखोलामा एक झोलुङेपुल उद्घा‌टन कार्यक्रममा सम्बोधन गदै नेता गुरुङले विदेशीकै इसारामा मुलुक सञ्चालन गरिरका चार दलले विदेशीकै चाहनाबमोजिक सेनालाई दिन लागेको दाबी गरे। संविधानसभा विघटन गर्दै स्वतन्त्र न्यायालय र निजामती कर्मचारीलाई राजनीतिमा ल्याएर विवादमा पारेका दलले अब सेनालाई पनि प्रयोग गर्न लागेको कुरामा गुरुङले जोड दिए ।
विदेशीले नेपालमा दलहरुलाई एक हुन नदिएर आफ्नो स्वार्थ पूरा गरिरहेको उल्लेख गर्दै सचिव गुरुङले चार दल त्यही स्वार्थले प्रयोग भइरहेको उल्लेख गरे। मुलुकमा हुन लागेको चुनाव नाटक भएको उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन