मण्डेला फेरि अस्पतालमा

२६ जेष्ठ २०७०, आईतवार ०८:२३ मा प्रकाशित

एजेन्सी । स्वास्थ्यस्थिति गम्भीर बनेपछि दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलालाई अस्पताल भर्ना गरिएको छ । केही महिना यता उपचारका लागि पटक पटक अस्पताल लगिने गरिएका नोबल शान्ति पुरस्कार विजेता ९४ वर्षिय  मण्डेलाको अवस्था यसपटक थप चिन्ताजनक रहेको एजेन्सीहरुले उल्लेख गरेका छन् । पछिल्ला दिनमा मण्डेला छातीको इन्फेक्सनबाट पिडित भएका छन् ।
उनलाई गम्भिर अवस्थामा प्रिटोरिया अस्पतालमा भर्ना गरिएको राष्ट्रपति ज्याकोब जुम्बाको कार्यालयलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् । बताइएअनुसार उनको अवस्था गम्भीर र स्थिर रहेको छ । राष्ट्रपति कार्यालयले आफ्नो वक्तव्यमा भनेको छ, ‘मण्डेलालाई उच्च तहको मेडिकल उपचार दिइरहेको छ । डाक्टरहरुले उनको स्वास्थ अवस्था सुधार्नका लागि हर सम्भव कोशिस गरिरहेका छन् ।’
राष्ट्रपति जुमाले सरकार तथा राष्ट्रको तर्फबाट मण्डेलाको स्वास्थको कामना गरिरहेका छन् । यस अगाडि मार्च महिनामा पनि छातीको इन्फेक्सनका कारण उनी अस्पताल भर्ना भएका थिए ।
मण्डेलाका परिवारजनले स्वास्थका बारेमा सञ्चार माध्यमहरुलाई धेरै खबर बाहिर नल्याउन आग्रह गरेको पनि राष्ट्रपति जुमाले जनाएका छन् ।
मण्डेला जेलमा लामो समय बसेका कारण उनलाई जेलबाटै टिबी रोग लागेको थियो । उनलाई दक्षिण अफ्रिकाले आफ्ना राष्ट्रपिताको रुपमा स्वीकार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले

श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापाक्षविरुद्धको अविश्वास प्रस्तावमाथि मङ्गलबार संसदमा भएको मतदानमा ११९ सांसदले विपक्षमा मतदान गरेका छन्। यससँगै विपक्षीले राष्ट्रपतिविरूद्ध पेश

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै

काबुल । अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका