जनविद्रोहनै जनताको संबिधान ल्याउने आधार: माओवादी नेता थापा

२५ चैत्र २०६८, शनिबार १८:२८ मा प्रकाशित

सशी कोइराला,सुनसरी,२५ चैत्र । माओवादी महासचिव रामबहादुर थापाले जनविरोधी संविधान ल्याउने तयारी भइरहेको भन्दै आफ्ना कार्यकर्ताहरुलाई जनविद्रोहको लागि तयाररहन निर्देशन दिएका छन् । पाँचथरको फिदिममा शनिबार माओबादी कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संस्थापन पक्ष जनविरोधी संविधानको पक्षमा लागेको आरोप लगाउँदै विद्रोहका लागि तयार रहन आग्रह गरेका हुन् ।

माओबादी नेता थापाले भारतको इसारामा पहिचान र संघीयताविहीन संविधान ल्याउने तयारी भैरहेको भन्दै भन्दै जनविद्रोह को विकल्प नरहेको बताए । नेता थापाले संविधान नल्याई ०४६ सालकै संविधान ब्युँताउने षड्यन्त्र समेत भैरहेको भन्दै जनसंविधानको लागी संघर्ष जारी राख्नु पर्ने बताए ।

नेता थापाले माओवादी नेतृत्वको अहिलेको सरकार भ्रष्टाचार, अपराध, विकृति र महँगी बढाउन बेलगाम ढंगले अघि बढेको बताउदै थापाले भने षड्यन्त्र र जालझेलका कारण आगामी जेठ १४ गतेभित्र संविधान नबन्ने हुदाँ जनताविरोधी दोष र पापबाट मुक्तिका लागि राष्ट्रियता र जनताको पक्षमा जोखिम उठाउनु जरुरी छ । माओवादी पार्टीको महासचिब समेत रहेका थापाले आफ्नो संबिधानमा जनविद्रोह मात्रै जनताको संबिधान बनाउने आधार भएकोले बिद्रिह्का लागि तयार रहन पटक पटक कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई