धनसम्पत्तिसँगै यौन लुट्ने लुटेरा जेलमा

२६ जेष्ठ २०७०, आईतवार ०८:०१ मा प्रकाशित

काठमाडौं, २६ जेठ । आकर्षक रोजगारका लागि महिला उम्मेदवारको आवश्यकतासम्बन्धी विज्ञापन अखबारमा प्रकाशित गराउने अनि अन्तर्वार्ताका लागि कुनै होटलमा बोलाएर सम्पर्कमा आएका युवतीको यौनशोषण गर्नेदेखि उल्टै नगद र मोवाइल लुट्ने धन्दामा लागेको एक अपराधी प्रहरीको फन्दामा परेको छ । उल्लेखित प्रकृतिको घटना घटाउँदै युवतीलाई होटलको सौचालयमा थुनेर फरार हुने घटना राजधानी लगायत मोफसलका कतिपय स्थानमा समेत घटेको प्रकाशमा आएका थिए । पछिल्लो घटनाचाहिँ पोखराको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त विवरणअनुसार पोखरामा पछिल्लोपटक एक स्थानीय पत्रिकामा विज्ञापन दिई अन्तरवार्ताका लागि भन्दै होटलको कोठामा बोलाएर डर, त्रास र धाकधम्की देखाएर युवतीको गरगहना लुट्ने काभ्रे जिल्ला चचाँल गणेशस्थान गाविस ६ घर भई मकवानपुर हेटौडा–९ सिमेण्ट टोल बस्ने वर्ष ३१ का पुष्कर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । अभियुक्त खड्कालाई प्रहरीले गत वैशाख २५ गते पक्राउ गरेको थियो । यस अघि उनले पोखरामा दुईजना युवतीहरुलाई मोडलिङको नाममा अन्तरवार्ता लिन भनी होटलमा बोलाई लुटपाट गरी बाथरुममा थुनेर भागेको अनुसन्धानले पुष्टि गरेको बताइएको छ । खड्काले ती मध्ये एकजना युवतीको स्कुटर समेत लिएर भागेका थिए ।
काठमाडौंमा पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई अनुसन्धान पश्चात् जिल्ला अदालत कास्कीमा पेश गरिएको थियो । जिल्ला अदालतले खड्कालाई पुर्पक्षका लागि थुनामा राखेको हो । अभियुक्त खड्का अहिले जिल्ला कारागार शाखा कास्कीमा बन्दी जीवन बिताई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस