फेवा तालमा ‘डुङ्गा हडताल’

२६ जेष्ठ २०७०, आईतवार ०७:४८ मा प्रकाशित

कास्की, २६ जेठ । पोखरा भन्नेवित्तिकै माछापुच्छ्रे हिमालको अवलोकन, फेवाताल र त्यहाँको डुङ्गा सयर प्रमुख रुपमा अगाडि आउँछ । तर यसरी पोखराको पहिचानसँग जोडिएको फेवातालको डुङ्गा  सञ्चालन सेवा यतिबेला अवरुद्ध बन्न पुगेको छ । पर्यटकीय नगरी पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवातालमा विगत चार दिनदेखि डुंगा सञ्चालनमा आएका छैनन् । फेवातालमा दुई सय बढी व्यवसायीका सात सय नौवटा डुंगा सञ्चालित छन्।
आप्mनो संगठनसँग छलफल नै नगरी जिल्ला विकास समिति कास्कीले डुङ्गा सञ्चालनका लागि नयाँ टेण्डर आह्वान गरेको भन्दै फेवा डुङ्गा व्यवसायी समितिले गरेको आन्दोलनकान कारण फेवातालमा डुङ्गा नचलेका हुन् । फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार यसअघि डुङ्गा व्यवसायीले प्रत्येक क्युबाट जिल्ला विकास समिति कास्कीलाई करस्वरूप पाँच रुपैयाँ बुझाउने गर्दथे । तर नयाँ टेण्डर आव्हान गरिँदा प्रत्येक क्युबाट प्रतिडुङ्गा १० रुपैयाँ कर लिने व्यवस्था गरिएपछि व्यवसायीहरुले बिरोध जनाएका हुन् । विगतको सम्झौताअनुसार ३३ महिनाको अवधिमा जिल्ला विकास समितिलाई आठ लाख रुपैयाँ बुझाएको बताउँदै अध्यक्ष नेपालीले यसअघि जिल्ला विकास समिति कास्कीलाई ताल सरसफाईका लागि करस्वरूप रकम बुझाए पनि तालको सरसफाईमा खर्च नगरिएको गुनासो गरे । फेवातालका डुंगा व्यवसायीहरुले टेण्डर रद्द गरी आफूहरूसँग छलफल नगरेसम्म डुंगा सेवा बन्द गर्ने बताएका छन् । उनीहरुले माग पूरा नगरे कास्की जिल्लाभित्रका अन्य तालमा समेत डुंगा सेवा बन्द गर्ने चेतावनी दिएका छन्।
व्यवसायीले डुंगा सेवा बन्द गरेपछि फेवातालमा डुंगा सयर गर्न पुगेको आन्तरिक तथा बाह्य पर्यटक निराश हुँदै फर्कने गरेका छन्। पर्यटकीय क्षेत्र फेवातालमा बाराही, गौरी, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङपुल र बङ्लादीघाट गरी आठ स्थानबाट दैनिक डुंगा सेवा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र