एमाओवादीको बैठकमा भारतीय राजदूतको उपस्थिति, केन्द्रीय समिति बैठकको एजेण्डा तय

२५ जेष्ठ २०७०, शनिबार २१:१५ मा प्रकाशित

काठमाडौं, २५ जेठ । एमाओवादीले भोली आइतबारदेखि बस्न लागेको केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेण्डाहरूको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा शनिबारबसेको पदाधिकारी र सङ्गठन विभागको संयुक्त बैठकले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक तथा समसामयिक विषयका एजेण्डाहरू तय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोष्टबहादुर बोगटीले केन्द्रीय समितिमा थप गर्ने केन्द्रीय सदस्यहरू, पार्टीको स्थायी समिति, पोलिटब्युरो तथा विभिन्न विभागको गठनसम्बन्धी एजेण्डा टुङ्ग्याइएको बताए ।
उत्पादन, निर्माण तथा व्यवस्थापन विभागको गठन र सो विभागको सम्बन्धमा कार्यदलले तयार गरेको प्रतिवेदनमाथि पनि बैठकमा छलफल भएको थियो । एमाओवादीले गत माघमा सम्पन्न सातौँ महाधिवेशनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि आर्थिक उन्नतिको प्रक्रियालाई अगाडि बढाउने योजना अगाडि सारेको थियो ।
त्यस्तै बैठकमा नेकपा एमालेलगायतका राजनीतिक दलबाट एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा, उर्मिला अर्याल तथा अरू नेता तथा कार्यकर्ताहरूलाई दिइने जिम्मेवारीको विषयमा समेत छलफल भएको महासचिव बोगटीको भनाइ छ ।
यसैबीच पदाधिकारहिरुको संयुक्त बैठक चलिरहेकै बेला अचानक बैठकस्थलमा प्रकट भएका भारतीय राजदूत जयन्त प्रसादसँग प्रचण्डले गोप्य छलफल गरेका छन् । नेपालको राजनीतिक परिवेश अत्यन्त अन्योलपूर्ण रुपमा गुज्रिरहेको बेला एमाओवाी अध्यक्षको निवासमै पुगेका भारतीय राजदूत र अध्यक्ष प्रचण्डबीच के कुराकानी भयो भन्ने सन्दर्भमा एमाओवादीकै नेताहरुबीच अनेक अडकलवाजी चलिरहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग