किष्टबाट ज्ञवालीको बिदाई, घर्ती कामू कार्यकारी अधिकृत नियुक्त

२५ जेष्ठ २०७०, शनिबार २०:४८ मा प्रकाशित

काठमाडौं, २५ जेठ । कमसल जमिन धितो राखेर पत्नीका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिई दुरुपयोग गरेको मुद्दाका कारण विवादमा तानिएका किष्ट बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवालीले पदबाट राजीनामा दिएका छन्। प्रहरीको अनुसन्धान कार्यमा सहयोग पुगोस् र यो विषयले किष्ट बैंकलाई कुनै पनि असर नपरोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको ज्ञवालीले बताएका छन् । उनको राजीनामा किष्ट बैंकको शनिबार बसेको बैठकले स्वीकृत गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ज्ञवालीकी श्रीमती गौरी खनाललाई सिद्धार्थ बैंकबाट १३ करोड रुपैयाँ दूरुपयोग भएको भन्दै पक्राउ गरेपछि उनी विवादमा तानिएका थिए। ज्ञवाली विवादमा तानिएपछि नेपाल राष्ट्र बैंकले किष्टको सञ्चालक समितिलाई उनलाई राजीनामा गराउन दबाब दिएको बताइन्छ । ज्ञवाली परिवारको व्यक्तिगत ऋणले किष्ट बैंक विवादित बनेको र राष्ट्र बैंकले पनि दबाब दिएका कारण उनको राजीनामा मागिएको किष्ट बैंकका उक सञ्चालकले जनाए । परिस्थिति घोर प्रतिकुल बनेपछि ज्ञवालीले शुक्रबार दिउँसो बैंक सञ्चालक समितिमा राजीनामा पठाएका थिए। ज्ञवालीको राजीनामापछि किष्ट सञ्चालक समितिले कामु प्रमुख कार्यकारी अधिकृतमा बीएन घर्तीलाई नियुक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी