विभिन्न पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश

२५ जेष्ठ २०७०, शनिबार २०:४४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २५ जेठ । दोश्रो संविधानसभाको निर्वाचनको तयारीको क्रममा नेपाली कांग्रेस रुपन्देहीले क्षेत्र नम्बर ३ अन्तर्गतको मानपकडी गाबिसमा शनिबार भेला तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्दी्रय सदस्य बालकृष्ण खाँडले लोकतान्त्रिक प्रणालीमा मात्र जनउत्तरदायी सरकार सम्भब भएको बताए । उनले मुलुकको समृद्धिका लागि काँग्रेसले ठोस योजना बनाएको पनि बताए ।
सो कार्यक्रममा नेकपा एमाले, माओवादी, राप्रपा र तमलोपा पार्टीबाट गरि ५५ जना स्थानीय राजनीतिकर्मी कांग्रेसमा प्रबेश गरे । मनोहर राजभन्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा चिरञ्जीबी जोशी, फणिन्द्र शर्मा, केशरमणि अर्याल, यमबहादुर खत्री लगायतका अगुवा कार्यकर्ताले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी