विप्पाको बिरोध गर्नुको तुक छैन : प्रधानमन्त्री

२५ चैत्र २०६८, शनिबार १८:१४ मा प्रकाशित

काठमाडौ, २५ चैत्र । प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसंग गरिएको बिप्पा सम्झौताको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् । माओवादीकै उपाध्यक्ष एबं बिद्रोही नेता मोहन वैद्यले बिप्पा सम्झौता राष्ट्रघाती र भट्टराई सरकार राष्ट्रघाती बताएको भोलिपल्ट प्रधानमन्त्रीले बिद्रोही नेता मोहन वैद्यको विरोध विरोधको लागिमात्रै भएको बताए ।

चितवनको भरतपुरमा शनिबार सरकारी अस्पतालको निरीक्षण एवं गुरुयोजना अनुसार निर्मित ‘ए‘ ब्लक भवन खण्डको उद्‌घाटन गर्दै प्रधामन्त्री भट्टराईले सो कुरा बताएका हुन् ।

उनले आफ्नो पुंजी नभएको देशमा ठुला परियोजना संचालनका लागि वैदेशिक पुँजी भित्रयाउनु बाध्यता भएकाले विप्पा सम्झौता गरेको बताए । उनले आफुले गरेको विप्पा सम्झौता एकदम सही भएको पनि जिकिर गरे । राष्ट्रको लागि एकदम आवश्यक परियोजनाहरुमा अनावश्यक बखेडा झिकेर रोक्नेहरुलाई नेपाली जनताले कुनै पनि हालतमा नछोड्ने बताउदैं प्रधानमन्त्री भट्टराईले बताए । उनले आफुले गरेको बिप्पा सम्झौता सही भएको दावी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।