माओवादी नेताका सम्पत्ति सरकारले नसके युवा संघले छानबिन गर्छ : बस्नेत

२४ जेष्ठ २०७०, शुक्रबार १४:०५ मा प्रकाशित

काठमाडौं, २४ जेठ । युवा संघका अध्यक्ष महेश बस्नेतले माओवादीले लुटेको र भ्रष्टाचार गरेको अर्बों रुपैयाँ छानबिन गर्न राज्यले नसके आफूहरु त्यो काम गर्न तत्पर रहेको बताएका छन् । देश र जनता लुटेर माओवादी नेताले अर्बौं कुम्ल्याएको दाबी गर्दै शुक्रबार एमाले भक्तपुर दधिकोट गाउँ कमिटीद्वारा आयोजित एक कार्यक्रममा बस्नेतले माओवादीको अवैध सम्पत्ति राज्यले छानवीन नगरे जनताले खोस्ने र त्यसका लागि आफ्नो संगठनले सघाउने बताए ।
सो अवसरमा बस्नेतले माओवादीले शिविरमा जनसेनाका नाममा छुट्याइएको रकममा करोडौं हिनामिना गरेका र त्यसको छानवीनका लागि युवा संघले दवाव दिइसकेको पनि सुनाए । अब हुने चुनावमा माओवादी पैसाको कुम्लो लिएर गाउँ पस्न लागेकोले जनताले तिरस्कार गर्नुपर्ने सुझाव बस्नेतले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको