मधेसी मोर्चाले थ्रेसहोल्डबारेको अडान त्याग्ने

२४ जेष्ठ २०७०, शुक्रबार ११:५५ मा प्रकाशित

काठमाडौं, २४ जेठ । शुक्रबार बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा थ्रेसहोल्डको विषयमा दलहरुबीच सहमति हुने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं मधेशी मोर्चाका संयोजक विजय गच्छदारले दाबी गरेका छन् । थ्रेस होल्डको विवादले सहमतिमा निकै बाधा पुर्याएको उल्लेख गर्दै गच्छेदारले अब यो विषय निर्वाचनसम्बन्धी कानून निर्माणमा बाधक बन्न नसक्ने ठोकुवा गरे । राष्ट्रपतिसँगको भेट र उच्चस्तरीय राजनैतिक संयन्त्रको वैठकमा सहभागी हुन बिराटनगरबाट काठमाडौं प्रस्थान गर्ने क्रममा शुक्रबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले मधेसी मोर्चाले थ्रेसहोल्डको अडान छाड्ने बताएका हुन् ।
थ्रेसहोल्ड लोकतन्त्रको स्थायित्वको लागि अत्यावश्यक भएको जनाउँदै गच्छेदारले साना दलहरुको कुराको सुनुवाई गर्नका लागि मात्र आफूहरुले थ्रेसहोल्ड राख्न नहुने बताउँदै आएको प्रस्ट्याए । तर, थ्रेसहोल्डकै कारण चुनावमा असर पुग्ने भएपछि अडानवाट पछाडी हट्न लागेको उनको कथन छ । चुनावको मिति घोषणा गर्न ढिलाई भइसकेकोले अब दलहरु विच कुनैपनि हालतमा निर्वाचन ऐनका विषयलाई टुंग्याउनुको विकल्प नभएको पनि गच्छदारले बताए । निर्वाचनको मिति पनि मंसिर नभई कात्तिकमै तोक्नुपर्ने उनले तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी