पूर्व राजा ज्ञानेन्द्र तराई भ्रमणमा

२४ जेष्ठ २०७०, शुक्रबार ०९:४६ मा प्रकाशित

काठमाडौ, २४ जेठ । देश संकट ग्रस्त बन्दै गएको र मुख्य राजनीतिक दलहरु निकम्मा साबित हुदै गएको बेला आज बाट पूर्व राजा ज्ञानेन्द्र शाह तराई भ्रमणमा निस्किएका छन् । आजै पूर्ब राजा ज्ञानेन्द्र शाह नियमित उडानबाट सिमरा पुग्ने छन् । तराईका जिल्लाका जनताको अभिमत बुझ्न हिडेका पूर्वराजा ज्ञानेन्द्रले आगामी सोमबारबाट तराइको औपचारिक भ्रमण शुरु गर्ने गर्ने कार्यक्रम रहेको छ । पूर्व राजा ज्ञानेन्द्रले सप्तरी, सिराहा, धनुषा, सर्लाही सहित पुर्बी तराइको समेत भ्रमण गर्ने तयारीमा सिमरा हनियाका हुन् । यसका अतिरिक्त पर्सा, बारा, मकवानपुर, रौतहट, महोत्तरीका जनता संग समेत पूर्व राजाले भेट्ने योजना तय गरेका छन् । भ्रमणसंगै पूर्व राजाले ति जिल्लामा रहेका शक्तिपीठ र धार्मिक स्थलको भ्रमण गर्ने योजना बनाएका छन् । यो भ्रमण सम्पनन भय लगत्तै पूर्व राजाले झापाबाट सुनसरी सम्मका धार्मिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको उनि निकट स्रोतले जानकरी दिएको छ । देश संकट ग्रस्त बन्दै गएको र मुख्य राजनीतिक दलहरु निकम्मा साबित हुदै गएको बेला पूर्व राजा ज्ञानेन्द्रको भ्रमण बाट त्यस क्षेत्रका जनताले अपेक्षाको नजरले हेरी रहेको अनुमान गरिदै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर