त्रिशुली नदीमा ट्याङकर खस्दा दुई बेपत्ता

२४ जेष्ठ २०७०, शुक्रबार ११:४४ मा प्रकाशित

काठमाडौं, २४ जेठ । धादिङ जोगिमारास्थित ज्यामिरेघाटमा दुध बोकेको ट्याङकर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् । बुटवलवाट दुध लिएर काठमाडौं आउँदै गरेको ट्याङकर पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खस्दा चालकसहित अर्का एक बेपत्ता भएका हुन् । जोगिमारा प्रहरी चौकीबाट प्राप्त जानकारीअनुसार गएराती १ वजेतिर पृथ्वीराजमार्गको जोगिमारा गाविसमा पर्ने ज्यामिरेघाट नजिकैवाट वा १ घ ५४४ नम्बरको ट्याङकर सडक देखि ५० मिटर तल त्रिशूली नदीमा खस्दा ट्याङकरका चालक रुपन्देही जिल्ला बुद्धनगर ७ का ३० बर्षीय छत्रवहादुर थापा र अर्का एक यात्रु हराइरहेका छन् भने ट्रकका सह चालक २३ बर्षीय प्रकाश पौडेलको भने सकुशल उद्धार गरिएको  छ । नदीमा वढीरहेको वाढी र अविरल बर्षाका कारण उद्दारमा समस्या आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । आज (बिहीबार) दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको