यसरी भेटियौँ हामी !…..विप्लब प्रतिक

२४ जेष्ठ २०७०, शुक्रबार ०२:२५ मा प्रकाशित

यसरी भेटियौँ हामी !
यसरी भेटियौँ हामी
जसरी पूर्वबाट उड्दै आएको पवन
पश्चिमबाट बग्दै आएको पवनसँग भेटिन्छ ।
कहिले उत्तरतिर उड्यौँ
र, कहिले दक्षिणतिर मोडियौँ
हिँड्यौँ हामी सँगसँगै एकै लयमा
कहिले शनैःशनैः, कहिले द्रुत गतिमा ।
जोडजोडले फन्को मा¥यौँ, झुम्यौँ, घुम्यौँ
पलमा बादललाई छोयौँ र कुहिनाले पर्तिर धकेलिदियौँ
पलमा कोपिलालाई म्वाईँ खायौँ र ती उघ्रिएर फूल निस्किए,
पर्वतलाई अँगालोमा लियौँ छिनभर
अनि छरिदियौँ चिसो बतास शुष्क बस्तीहरुमा
र लहरलाई छुँदै उड्यौँ हामी नेटोतिर ।
पूरै दुनियाँको फन्को मार्यौँ
पृथ्वीभित्र खेल्यौँ लडीबुडी
कहिले एक्लैएक्लै
कहिले फूल, पुतली, नदी र इन्द्रेणीसँग डुल्यौँ
कहिले कुहिरो र कहिले बादलको साथसाथ उड्यौँ ।
कहिले सुकाइदियौँ आँसु रोइरहेकाहरुको
कहिले उडाइदियौँ केश मायालुको
कहिले हल्लाइदियौँ बेस्सरी रुखका डालीहरुलाई
कहिले सुकेका पातहरुलाई सँगै दौडायौँ परसम्म
कहिले गोधूलीलाई आकाशमा पोतिदियौँ ।
कहिले धारण ग¥यौँ रुप सन्नाटाको
कहिले सुनिरह्यौँ कोलाहल निरुद्देष्य,
निश्चिन्त हामी, बिना कुनै मार्गको खोजमा
ढुक्क हामी, बिना कुनै लक्ष्यको आशमा ।
मिसिँदै मिसाउँदै, उड्दै उडाउँदै
हामी यसरी बग्यौँ, हामी यसरी लहरायौँ
र, यसरी भेटियौँ हामी
जसरी पूर्वबाट उड्दै आएको पवन
पश्चिमबाट बग्दै आएको पवनसँग भेटिन्छ ।
र, हामी कहिले उत्तरतिर उड्यौँ
कहिले दक्षिणतिर मोडियौँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा