प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष दाहाल दुबैले संविधान चाहेका छैनन् : ओली

२५ चैत्र २०६८, शनिबार १८:०८ मा प्रकाशित

काठमाडौ, २५ चैत्र । एमाले नेता केपी शर्मा ओलीले बाबुराम भट्टराई सरकार संविधान जारी नगरी सत्तामा बसिरहने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता ओलीले भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा बाबुराम भट्टराई संविधान जारी गर्न खोजेजस्तो नाटक गर्ने तर जारी नगर्ने लामो समयसम्म सरकारमा बसिरहने षडयन्त्र गर्दै छन् ।
नेता ओलीले जातीयताको आधारमा सङ्घीयतामा जान नहुने बताउँदै जातीयताको आधारमा सङ्घीयतामा जाने हो भने सयभन्दा बढी सबै जातिलाई नै राज्य दिनुपर्ने बताए ।

बाहुन र क्षेत्रीलाई अन्य जातिमा राखिएकोतर्फ सङ्केत गर्दै नेता ओलीले भने अस्ति भर्खर अङ्गीकृत नागरिकता लिएकाहरु धरतिपुत्र हुने तर सबैभन्दा बढी सङ्ख्या रहेको जाति अन्य जाति हुने परिभाषा नै गलत छ, यो आयातित परिभाषा हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्