महतोले दिए राष्ट्रपतिलाई चेतावनी !

२३ जेष्ठ २०७०, बिहीबार २०:०१ मा प्रकाशित

काठमाडौं, २३ जेठ । राष्ट्रपति डा. रामवरण यादवले संघिय लोकतान्त्रिक गणतान्त्रिकलाई संस्थागत गर्न मंसरीमा संविधान चुनाब गराउने बातावरण हुने गरी सुनिश्चता गर्न फेरि आग्रह गरेका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग विहिवार शितल निवासमा भएको भेटवार्तामा राष्ट्रपति डा. यादवले संविधानसभा निर्वाचनको सुनिश्चताको लागि चारपक्ष कांग्रेस, एमाले, माओवादी र संयुतm लोकतान्त्रिक मधेशी मोर्चाले अन्यपक्ष सहमति जुटाउन आग्रह गर्नुभएको हो । संविधानसभा निर्वाचनको सुनिश्चता गर्न आवश्यक कानुनी व्यवस्था गरी संबिधान सभाको निर्वाचनको घोषणा तथा क्षेत्र पुनर्निधारण आगोग गठन गर्ने आवश्यक भएकाले चारपक्षले सरकारलाई सहयोग गर्नु राष्ट्रपतिले आग्रह गर्नु भएको अध्यक्ष महतोले बताए । निर्वाचनको मिति घोषणा गर्ने काममा सद्भावना पार्टीलाई सहयोग गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको पनि अध्यक्ष महतोको कथन छ ।
भेटवार्तामा अध्यक्ष महतोले संविधानसभा निर्वाचनको मिति घोषणा तथा क्षेत्र पुनर्निधारण आयोग गठनका लागि सद्भावना पार्टीले बिभिन्न चरणमा आन्दोलन गर्दै आमरण अनसन समेतको राष्ट्रपति यादवलाई स्मरण गराएका थिए । उनले संविधानसभाको निर्वाचन लगायतका बिषयमा आन्दोलन गरेको सदभावना पार्टीसंग सरकारले प्रतिबद्धता व्यतm गरेपछि पार्टीले आन्दोलन स्थगन गरेको स्पष्ट पारेको बताइन्छ । प्रतिवद्धता पूरा नभए फेरि भीषण आन्दोलन गर्ने चेतावनी महतोद्वारा राष्ट्रपतिलाई दिइएको महतोनिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस