पैदल यात्रुलाई ठक्कर दिँदा अपराध छताछुल्ल

२३ जेष्ठ २०७०, बिहीबार १९:१० मा प्रकाशित

काठमाडौं, २३ जेठ । अपराधीले आफूलाई जतिसुकै लुकाउन खोजे पनि एकदिन अपराधको खुलासा भएरै छाड्छ भन्ने भनाईलाई कपिलवस्तुको एक घटनाले चरितार्थ पारेको छ । नाम राम भए पनि अवैध हतियारको आडमा अनेक अपराध गर्दै आएका रामअवध यादव सवार मोटरसाइकलले ठक्कर दिई एक पैदल यात्रीको इहलीला समाप्त पारिदिँदा उनको आपराधिक क्रियाकलाप छरप्रष्ट हुन पुगेको हो ।
प्रहरीका अनुसार लु.१५ प १७१८ नम्वरको मोटरसाइकलको पछाडी बसी यात्रा गरेका दोहनी–८ बस्ने रामअवध यतिबेला पेस्तोलसहित प्रहरी नियन्त्रणमा छन् । बताइएअनुसार दोहनी–२ स्थित तौलिहवा–भैरहवा सडक खण्डमा उक्त यादव सवार मोटरसाइकलले पैदल यात्री सोही ठाँउका ५५ बर्षीय गोदे गोसाईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारकै क्रममा गोसाईको मृत्यु भयो भने रामअवध पनि सामान्य घाइते भए । तर, दुर्घटनाका क्रममा घटनास्थलमा लुकाइएको पेस्तोल उनको शरिरबाट फुत्त बाहिर निस्केर खसेको उनलाई पत्तो नै भएन । प्रहरीले पेस्तोल बरामद गरेपछि उनीमाथि केरकार सुरु भयो तर मोटरसाइकल चालक भने फरार भए । दुर्घटनावश भण्डाफोर भएका रामअवध कपिलवस्तु इलाकामा भएका विभिन्न आपराधिक क्रियाकलापमा संलग्न देखिएका छन् । रामअवधसँग सम्बन्धित अन्य तीनजनाको पनि प्रहरीले खोजी सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४