काकाबाटै बलात्कृत किशोरीमाथि दोहोरो बलात्कार, न्यायको खोजीमा पीडित किशोरी

२३ जेष्ठ २०७०, बिहीबार १७:३४ मा प्रकाशित

काठमाडौं, २३ जेठ । काभ्रे जिल्लाको गोठपानी गाविस–२ चिसापानीको एक १६ वर्षीया किशोरी पटक–पटक बलात्कृत भएर पनि न्याय पाउन सकेकी छैनन् । उनका बुबा धर्मलाल ढुंगाना शारीरिक रुपमा अशक्त हुनुका साथैगाउँबाट काठमाडौंमा आई रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका छन् । उनकी आमाको निधन भइसकेको छ ।
गाँसकोजोहो गर्न बाबु काठमाडौं आएपछि पीडित युवतीका नातामा काका पर्ने राजन ढुंगानाले संरक्षणको जिम्मा लिएका थिए । तर, उनले संरक्षणको नाममा नाबालिकालाई धम्क्याउँदै–तर्साउँदै यौन शोषण गर्न थालेको खुलासा भएपछि पीडितका आफन्तले समाज राखेर पीडित युवतीको भविष्य अन्धकारमा पर्न नदिन शिक्षादिक्षा खर्च वापत चार लाख क्षतिपूर्ति दिन मञ्जुर हुनुका साथै कागजमा हस्ताक्षर समेत गराइएको थियो । त्यसबेला समाजका अगाडि राजनले गल्ती स्वीकार गर्दै आफूलाई गाउँमा नलैजान आग्रह गरेका थिए । पीडित युवतीका मामा अनिल चौलागाईंले दिएको जानकारी अनुसार बलात्कारी राजनले सहमतिअनुसार बैशाख २७ गतेसम्म रकम दिनुपर्ने थियो तर, उनले रकम दिनुको सट्टा जिल्ला अदालत काभ्रेमा करकापमा पारेर उक्त कागज गरेको भन्दै मुद्दामामिलामा लागे पीडितलाई क्षतिपूर्ति दिने कागजातमा राजनले हस्ताक्षर गर्दा उनकी बहिनी पनि सँगै थिइन् र उनले नै पीडित किशोरीलाई लिएर गएकी थिइन् ।
करकापमा परेको भन्दै पीडक राजनले बुद्धिप्रसाद ढुंगाना, विनोद ढुंगाना, प्रकाश ढुंगाना, प्रमिला ढुंंगाना र शिखर गौतमविरुद्ध करकापमा मुद्दा दायर गरेका छन् । राजनले सिँगो समाज र समाजका अगाडि गरेको सहमतिलाई धोती लगाउँदै सो उजुरी दिएका हुन् । क्षतिपूर्ति दिनुको सट्टा ढुंगानाले नयाँ चाल रच्दै युवतीलाई नयाँ केटासँग विवाहको तयारी गरे । युवतीलाई ललाई फकाई र धम्कीसमेत दिएर सिन्धुपाल्चोकको ठोकर्पामा पु¥याएर त्यहाँका ४० वर्षीय दीपक खत्रीसँग विवाह गरिदिने गरी टिकोटालो गरिदिए । खत्रीका पाँच वर्षका छोरा समेत छन् ।  टीकाटोलो भइसकेको र जेठ २४ गते औपचारिक रुपमा विवाह गर्ने तय भयो । टीकाटालो भइसकेको भन्दै युवतीलाई खत्रीलाई नै जिम्मा लगाइयो । खत्रीबाट समेत विवाहपूर्व नै यौन शोषण भएको थाहा पाएपछि पीडितको उद्दार गरियो । युवतीले आफू पुनः बलात्कृत भएको बताएकी छन् । पीडित युवतीका मामा अनिल चौलागाईंका अनुसार, युवतीलाई जेठ १४ मा ठोकर्पा लगिएको थियो । उनलाई त्यहाँ पठाउन भनेर लगेर यस्तो नाटक गरिएको रहस्य खुलेको छ । टीकाटालो भएकी युवतीलाई फिर्ता लागेपछि दीपक खत्री पनि रनभुल्लमा परेका छन् । युवतीलाई अहिले धुलिखेलको सेभ हाउसमा राखिएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ ।
पीडक राजन ढुंगानालाई राजनीतिक संरक्षण रहेका कारण उनीमाथिको कारबाही प्रक्रिया अगाडि बढ्न सकेको छैन । हाल पीडक राजन सम्पर्कविहीन भएका छन् भने उनको धम्कीका कारण पीडित युवतीमा शारीरिक अशक्त धर्मलाल ढुं्रगाना बेचैन अवस्थामा छन् । काभ्रे प्रहरीले युवती पिडीत भएको बुझेजस्तो गरे पनि बलात्कारी राजन ढुंगानामाथि कारवाही भने गर्न चाहिरहेको छैन । बलात्कार त्यो पनि नावालिकामाथि जस्तो अपराधिक घटनालाई पनि राजनैतिक रंग दिएर अन्यायमा परेकी युवतीलाई न्याय दिलाउनेतर्फ वेवास्था गरेको पिडीत पक्षको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४