शान्ति प्रक्रिया टुंगोमा नपुगेसम्म संविधान बन्न सक्दैन: नेता केसी

२५ चैत्र २०६८, शनिबार ०२:१२ मा प्रकाशित

धर्मराज अधिकारी, लन्डन, २४ चैत्र ।- नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले संविधान निर्माण अगावै शान्ति प्रकृया निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन। शान्ति प्रक्रिया टुंगोमा नपुगेसम्म संविधान बन्न सक्दैन एन आर एन युकेले विहिबार लन्डनमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले भने शान्ति प्रक्रिया सफल पार्न माओवादी लचिलो नभए संविधान बन्न गाह्रो छ। लडाकु र बन्दुकको धङ्धङीमा निर्माण भएको संविधान मुलुक र जनताको हितमा नहुने केसीको भनाई थियो। सेना समायोजनका सम्बन्धमा कांग्रेस हदैसम्मको लचकता अपनाएको जिकिर गर्दै ५२ सालमा भर्ति भएका माओवादी लडाकु ६८ सालमा जर्नेल हुनै नसक्ने बताए। सेनाको चेन अफ कमाण्डमा असर पर्ने गरी सेना समायोजनको पक्षमा कांग्रेस नभएको उनले स्पष्ट पारे।

एन आर एन युकेका अध्यक्ष कुल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा नेता केसीले माओवादीले क्षणिक राजनीतिक स्वार्थको आधारमा जातिय राज्य माग गरेको बताए। जातिय राज्य दिने हो भने हामी कहाँ पुग्छौं केसीले प्रश्न गर्दै भने राजनीतिक पार्टीले स्वार्थ होइन राज्यको हित सोच्नुपर्छ।

एन आर एनको नागरिकता बचाउ अभियानमा कांग्रेस सकारात्मक भएको जानकारी दिँदै नेता केसीले हरीयो पासपोर्ट बोकेर नेपाल जाने वाताबरण बनाउन आफ्नो पार्टी लागिपर्ने बताए। उनले एन आर एनलाई दिइने नागरीकताको मोडालीटिका सम्बन्धमा पार्टीभित्र छलफल चलिरहेको जनाउ दिए। ब्रिटिश गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेस कुनैपनि हालतमा गोर्खा भर्ति कायम राख्न प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा अध्यक्ष कुल आचार्यले एन आर एनलाई नागरिकता दिँदा मुलुकले ठुलै फाइदा लिनसक्ने बताए। संविधानमा नै राजनीतिक अधिकार विहिन नागरिकता आफुहरुलाई मान्य नभएको बताउदै उनले अधिकारलाई कानुनमा राख्न सुझाएका थिए। नेपाली कांग्रेसका जुझारु नेता गगन थापाको कारणले मात्रै नागरिकताको मुद्दाले नेपाललमा जिवन्तता पाइरहेको आचार्यले बताए।

समाजसेवी डा. राघब धितालले अमेरिका तथा बेलायतमा बसेका नेपालीबाट राज्यले कालन्तरमा फाइदा लिनसक्ने बताउँदै संविधानमा एन आर एनलाई नागरिकताको सुनिश्चितता गराउन आग्रह गरे। एन आर एन यूरोपका सह संयोजक लक्ष्य बहादुर गुरुङले वंशजको आधारमा विकसीत देशमा हुर्किका बालबच्चाले नागरिकता प्राप्त गरे नेपालले ठुलो फाइदा लिनसक्ने बताए। एन आर एन यूकेका उपाध्यक्ष महेन्द्र कंडेलले शरीर लन्डनमा भएपनि एन आर एनको मन नेपालमा भएको बताए। उनले प्रवासमा रहेका नेपालीहरु देशप्रति अत्यान्त चिन्तित रहेको बताउंदै देशलाई जस्तोसुकै सहयोग गर्न पनि एन आर एन तयार रहेको स्पष्ट पारे।

त्यस्तै अर्का उपाध्यक्ष थर्क सेनले एन आर एनलाई नागरीकता दिए पछिल्लो पुस्ताको ज्ञान सिप र क्षमता मुलुकका लागि अत्यान्तै उपयोगी हुनसक्ने बताए। कार्यक्रममा सल्लाहकारद्धय ध्रुव केसी र योगेन क्षेत्रीले नागरिकताका सवालमा नेताहरु लन्डन अउदा सकारात्मक भएपनि उल्लेखनीय प्रगति हुन नसकेको बताए। नेताहरु आश्वासन दिन्छन जान्छन तर प्रगति शुन्य उनीहरुले दुखेसो पोखे। संयोजक रामशरण सिंखडाद्धारा सञ्चालित कार्यक्रममा अध्यक्ष आचार्यले नेता केसी, समाजसेवी डा.धिताल र यूरोपका सह संयोजक गुरुङलाई खादा लगाइ सम्मान गरेका थिए। कार्यक्रमको संयोजक एवं एन आर एन यूकेका सदस्य कृष्ण तिम्ल्सिनालाई नेता अर्जुन नरिसंह केसीले खादा लगाइ सम्मान गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न